|

इलाम : पशुहरुमा कृतिम गर्भाधान गराउने किसानको संख्या बढ्दै गएको छ। कृतिम गर्भाधानबाट जन्मिएका बाच्छा- बाच्छी तथा पाडा पाडीको नश्ल सुधार हुने र दूध तथा मासुको गुणस्तरमा वृद्धि हुने भएकाले किसानको आकर्षण कृतिम गर्भाधानतर्फ बढेको हो।

गाँउ-गाँउमा पालिएका साँढे, राँगा र बोकाबाट रोगको संक्रमण बढदै गएपछि इलामका किसानहरु कृतिम गर्भाधानप्रति आकर्षित भएको जिल्ला पशु सेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले बताए। चालु आर्थिक वर्षको ७ महिनामा मात्र इलाममा  ९ हजार १ सय १३ वटा पशुमा कृतिम गर्भाधान गराइएको छ।

व्यवसायिक पशुपालन हुने उत्तरी क्षेत्रका धेरैजसो किसानहरुले गाईपालन गर्ने गरेका कारण भैसीभन्दा गाईमा  कृतिम गर्भाधान अत्याधिक रहेको पशु प्राविधिक कार्कीले बताए । ७ महिनाको अवधिमा ८ हजार ५ सय ८३ गाई, ४ सय ४७ भैसी र ८३ बाख्रामा कृतिम गर्भाधान गरिएको जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्क छ । गत आर्थिक बर्षमा ११ हजार ४ सय २४ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.