|

काठमाडौं :  साहित्यकार भुवनहरि सिग्देलको ‘लालस’ उपन्यास प्रकाशित भएको छ।

विविध विधामा कलम चलाउने स्रष्टा सिग्देलको यो पैँतीसौं कृति हो भने आख्यानका हिसाबले नवौँ हो। आइतबार एक समारोहबीच समालोचक राजकुमार बानियाँ, उपन्यासकारद्वय शैलेन्द्र अधिकारी र तर्कना शर्मा, प्रकाशक श्रीमती शोभा पौडेल, डिजाइनर सन्तोष दाहाल र लेखक भुवनहरि सिग्देलले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।​

विस्मयकारी घटना, लिप्सा, भोक र भोगको मनोविज्ञान हो, ‘लालस’। ‘लालस’ उपन्यासमा संवेदनशील भावुकता, लालित्यपूर्ण भाषा शैली र करूणामय बोध छ।

उपन्यास सबैखालका पाठकको मन जित्न सफल हुने कुरामा ढुक्क रहेको प्रकाशक पुष्पराज पौडेलले बताए। ‘लालस’ सोमबारदेखि नै बजारमा उपलब्ध रहेको प्रकाशकले पौडेलले जानकारी दिएका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.