|

काठमाडौं : विहीबार र शुक्रबार काठमाडौंमा सञ्चालन भएको नेपाल लगानी सम्मेलनमा विभिन्न सात देशका १६ कम्पनीबाट १३ खर्ब ५२ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ। सरकारले १ खर्ब लगानी प्रतिवद्धता ल्याउने उद्देश्यले आयोजना गरेको सम्मेलनमा १३ गुणा बढी प्रतिवद्धता आएको हो।

धेरै लगानी प्रतिवद्धता जनाउनेमा चिनियाँ कम्पनीहरु रहेका छन्। चीनले नेपालको जलविद्युत र पूर्वाधारमा लगानी गर्ने इच्छा देखाएको छ। भारतले सबैभन्दा कम लगानी प्रतिवद्धता जनाएको छ। 

के मा आयो धेरै लगानी

क्रस

कम्पनी

देश

क्षेत्र

लगानी रकम

अशोक स्टिल इन्ड्रस्टिज

भारत,

 

बैंक, सोलार,  स्टिल प्लाण्ट

३० अर्ब रुपैयाँ

चाइना मेसिनरी इन्जिनियर कर्पोरेसन

 

 

चीन 

 

हाइड्रोपावर अस्पताल काठमाडौं मेट्रो रेल

 

३ खर्ब रुपैयाँ

 

चाइना स्टेट कन्ट्रक्सन एण्ड इन्जिनियरिङ

 

चीन

 

एयर पोर्ट हाइवे टनेल 

 

२ खर्ब रुपैयाँ

 

सीटीसीई ग्रुप

चीन 

वाटर सप्लाई, हाइड्रोपावर, रेल वे रोड, टनेल

१ खर्ब रुपैयाँ

एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्ड्रस्टिज

भारत

पर्यटन उद्योग

१ अर्ब रुपैयाँ

फ्रोन्टियर पावर लिमिटेड

लण्डन

उर्जा, पूर्वाधार र कृषि 

१ खर्ब रुपैयाँ

हिमादी फुड प्राइभेट लिमिटेड

बंगलादेश

खाद्य उद्योग

२ खर्ब चार अर्ब रुपैयाँ

हिमाली डिस्टिलरी प्राइभेट लिमिटेड

नेपाल

पल्प एण्ड पेपर

१ अर्ब रुपैयाँ

मेडिकेयर इन्भायरोमेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेड

भारत

इन्ड्रस्ट्रियल 

७० करोड रुपैयाँ

१०

रोडियन्स रेनेवल टेक्नोलोजी

श्रीलङ्का

हाइड्रो पावर सोलार, विन्ड

५० अर्ब रुपैयाँ

११

आरएन ग्रुप कम्पनीज

नेपाल

कन्ट्रक्सन, म्यानुफ्याक्चर

५० करोड रुपैयाँ

१२

सिचुवान बोक्सिङ कन्ट्री वोपिङ इनर्जी साइन्स एण्ड टेक्नोलोजी

चीन

मिनिङ एण्ड मिनियर्स

१० अर्ब रुपैया

१३

सिचुवान वानपिङ इनर्जी साइन्स एण्ड टेक्नोलोजी

चीन

हाइड्रोपावर, स्मार्ट ग्रेड, फाइनान्सियल

१ खर्ब रुपैयाँ

१४

सोमुदायक कन्साइ फर्म महोत्तरी

नेपाल

कृषि

१० करोड रुपैयाँ

१५

द कन्साइ इलेक्ट्रिस पावर लिमिटेड

जापान

जलविद्युत

१ खर्ब रुपैयाँ

१६

विलिङ पावर कर्पोरेसन

चीन

तामाकोशी थ्री

१ खर्ब २० अर्ब रुपैयाँ

उत्सहित उद्योग मन्त्री

लगानी सम्मेलनको क्रममा झण्डै १ खर्ब रुपैयाँको लगानी प्रतिवद्धता आउने अपेक्षा राखिएकोमा साढे १३ खर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएपछि उद्योग मन्त्री नवीन्द्रराज जोशी उत्साहित भएका छन्। उनले भने 'हामीले तपाईहरुलाई एक खर्बको प्रतिवद्धता आउला भनेका थियौ तर साढे झण्डै १३ खर्बको लगानी आएको छ यसले हामीलाई उत्साहित बनाएको छ।'

उनले विदेशी लगानी प्रतिवद्धतालाई समृद्धिको गाडी स्टार्ट भएको अर्थमा लिए। 'पर्खालमा रहेका विदेशी लगानीकर्ताले हाम्रोमा लगानी गर्न हाम फालेका छन् यसलाई हामीले समृद्धि गाडी स्टार्ट भएको बुझ्नुपर्छ' जोशीले भने। उनले प्रतिवद्धता जनाएको लगानी भित्र्याउनका लागि आफ्नै संयोजकत्वमा समिति गठन गरिने समेत बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.