|

  • मेगराज खड्का 

रुकुम : चर्चित मोडल तथा गायिका ज्योति मगरले रुकुम मुसिकोटमा चलिरहेको मध्यपश्चिम रुकुम महोत्सवमा हालसम्मकै ठुलो दर्शक उतारेकी छिन्। महोत्सवको ९ औ दिन झन्डै १५ हजार दर्शक ज्योतिको प्रस्तुती हेर्न आएका थिए।

यस अघिका दिनमा ९\१० हजारको हाराहारीमा दर्शकहरु आउने गरेको मुल आयोजक समितिका संयोजक टेक बहादुर पुनले बताए। 'आजको दिन सबैभन्दा बढी दर्शक आए।  ज्योतिको प्रस्तुती गर्न १५ हजारभन्दा दर्शक आए,' उनले भने। 'महोत्सव स्थल सानो भएका कारण ज्योतिको प्रस्तुती हेर्न आएका दर्शकहरुको भीड व्यवस्थापन गर्न आयोजकलाई गाह्रो भएको थियो।

ज्योतिले 'उहि मुलाको सिन्की उहि मुलाको चाना', 'जिम्माल बाउकी छोरी', 'सुर्खेत बुलबुले ताल' लगायतका आधा दर्जन बढी गीतमा आफ्नो प्रस्तुती दिएकी थिइन्। उनले आफ्नो प्रस्तुती देखाउँदा दर्शकहरुले भीडबाट रुमाल र आफ्नो कपडा फालेपछि सुरक्षाकर्मी र स्वयम्सेवकलाई भीड नियन्त्रण गर्न गाह्रो भएको थियो।

छोटो कपडामा लगाएकी ज्योतिले आफ्नो प्रस्तुती देखाउने क्रममा आफुले लगाएको ज्याकेट समेत फुकालेर अन्त्यतिर नाच्दा भिड निकै उत्तेजित भएको थियो। दर्शकहरुको माग र भिडका कारण महोत्सवको समयावधि १ दिनका लागि थपिएको मुल आयोजक समितिले जानकारी दिएको छ।

१२ गते उद्घाटन भएको महोत्सव २१ गते सम्म सञ्चालन हुने पुर्वनिर्धारित कार्यक्रम थियो। तर अब महोत्सव २२ गतेसम्म सञ्चालन हुनेछ। रुकुम उद्योग बाणिज्य संघको आयोजनामा भएको महोत्सवमा शनिबार चर्चित लोक गायक बद्री पंगेनी, गायिका शान्ति श्री परियार, गायक खुमन अधिकारी,कृष्ण रेउले र कामना ओली लगायतको प्रस्तुती रहने आयोजकले जानकरी दियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.