|

डडेल्धुरा : डडेल्धुरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। होम आइसोलेसनमा बसेका जिल्लाको परशुराम नगरपालिका–१२ का ६५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार उनमा कात्तिक १७ गते कोरोना संक्रमण देखिएको थियो।

बुधबार मृत्यु भएका संक्रमित मृतकको दोस्रो रिपोर्ट बिहीबार पनि पोजेटिभ आएको भट्टले जानकारी दिए।

मिर्गौलाका बिरामीसमेत रहेका उनी कोरोना पुष्टि भएपछि घरमै होम आइसोलेसन बसेका थिए। मृतकको शव बुधबार नै आफन्तले व्यवस्थापन गरिसकेका छन्। योसँगै जिल्ला कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.