|

भक्तपुर : नेपाली हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहार घरको दैलोमा आइसकेको छ। आज कागतिहार भए परेको छ।

बजारमा तिहारको व्यापार पनि बढ्न थालेको छ। सर्वसाधारणहरु तिहारका लागि आवश्यक सामाग्री भाइमसला, बिमिरो, भोगटेलगायत फलफूल, लक्ष्मीका तस्विर, म्हःपुजा र भाईटिकाका आवश्यक जंजका, कोखालगायतका सामाग्रीको खरिदबिक्री गर्नेहरुको घुइँचो पनि बढ्न थालेको छ।

यद्यपि, यसवर्ष कोरोना महामारीका कारण विगतका वर्षहरुमा जस्तो व्यापार नभएको व्यापारीहरु बताउँछन। तिहारमा भक्तपुरको मुख्य बजार मानिने पाँचतल्ले मन्दिर परिसरमा यसवर्ष खासै भिडभाड नभए पनि किनमेल गर्नेहरु भने विस्तारै बढ्न थालेको छ।

पाँचतल्ले मन्दिर परिसरमा नगरपालिका र स्थानीय युवाहरुले तिहारको लागि व्यवस्थितरुपमा अस्थायी बजारको व्यवस्थापन गर्ने गरेको छ। यहाँ तिहारका लागि आवश्यक मखमली र सयपत्री फूलको माला, फलफूल, नरिवल, भाइमसला, ओखरलगायत सम्पूर्ण सामाग्री पाइने गर्दछ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.