|

नवलपरासी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ बुटवल सडक खण्ड विस्तारका क्रममा बर्दघाटको यसमोडमा भएको माटो उत्खनन कार्य रोकिएको छ। बर्दघाटको यस मोडबाट माटो उत्खनन भएको समाचार सञ्‍चारमाध्यमहरूमा आएपछि बुधबारबाट माटो उत्खनन कार्य रोकिएको हो।

राजमार्ग विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्ट्रक्सनले राजमार्गको केन्द्रभागबाट २५ मिटर दायाँ र बायाँतर्फको मात्र खन्न पाउने भए पनि यस मोडमा भने मापदण्डभन्दा बाहिर गएर माटो उत्खनन गरिएको थियो।

वन क्षेत्रभित्र पर्ने उक्त ठाउँमा प्रकृयाभन्दा बाहिर गएर माटो उत्खनन भएको डिभिजन वन कार्यालय नवलपरासी पश्चिमका डिभिजन वन अधिकृत शंकर प्रसाद गुप्ताले पुष्टि गरेका छन्। गुप्ताले मात्र माटो उत्खनन्को विषयलाई लिएर डिभिजन वन कार्यालयमा उजुरी परेपछि बुधबारबाट उत्खनन कार्यमा रोक लगाइएको बताए।

मंगलबार उनीसँग माटो उत्खनन भएको बारेमा डिभिजन वनको धारणा माग गर्दा माटो निकासी भइरहेकोले सम्बन्धीत निकायसँग जवाफ माग गरिएको र अनुसन्धानको लागि अनुसन्धान अधिकृत तोकेर प्रक्रिया अगाडि बढाएको बताएका थिए।

कम्पनीले कुन आधारमा माटो उत्खनन गरेको हो? के कति परिणाममा उत्खनन भएको छ? उत्खनन गर्न मिल्ने आधार भए नभएको बारे जवाफ माग गरिएको र कम्पनीको तर्फबाट कुनै जवाफ नआएको गुप्ताले बताएका छन्।  उत्खनन भएको क्षेत्र पारिजात सामुदायिक वनभित्र पर्ने भएकोले सामुदायिक वनले तत्कालका लागि उत्खनन कार्य रोक्नका लागि आग्रह गरे पनि कम्पनीले अटेरी गर्दै आईरहेको थियो।

बर्दघाट नगरपालिकाले पनि पटक पटक माटो उत्खनन्को बारेमा जानकारी लिनका लागि छलफलका लागि बोलाउँदा पनि नआएको नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुले पनि कम्पनीले अटेरी गरेको प्रष्ट हुने कतिपयको भनाइ छ। अहिलेसम्म पनि कम्पनीले माटो उत्खनन् गर्न मिल्ने भनी यथेष्ट प्रमाण देखाउन सकिरहेको छैन।
अटेरी गरी उत्खनन् गर्दै आईरहेको कम्पनी समाचार प्रशारण र प्रकाशन भएपछि सम्बन्धित निकायको दबाबका कारण तत्कालका लागि उत्खनन् कार्य रोक्न बाध्य भएको  हो। कम्पनीले माटो उत्खनन गर्दा बाताबरणिय रुपमा  असर पर्न नहुने र नियमानुसारको राजश्व स्थानिय सरकारलाई बुझाउनुपर्ने स्थानियहरुले माग गरेका छन्।

अहिलेसम्म उत्खनन भएको माटो कम्पनीले विना राजस्‍व उठाउने गरेको र कति परिमाणमा उत्खनन भएको हो भन्ने बारेमा तथ्यबाहिर नआएसम्म कति राजस्‍व उठ्नुपर्ने भन्ने पनि प्रष्ट भएको छैन।
कम्पनीले प्रकृया पुरा गरेको भए सोहि अनुसारको कागजात र प्रमाण उपलब्ध गराईए आफुहरुले रोक्नुपर्ने कुनै कारण नहुने पनि डिभिजन बन अधिकृत गुप्ताको भनाई छ। माटो उत्खनन् कार्यमा बन संग कुनै समन्वय नभएको डिभिजन बन अधिकृत गुप्ताले बताईरहँदा पारिजात सामुदायिक बनका अध्यक्ष चुडामणी भण्डारीले भने डिभिजन बनले उक्त ठाउँमा रहेका रुखहरु काट्नका लागि छपान स्विकृति भने दिएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.