प्रदेश १ का मात्रै ५ जना

|

इलाम : बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलअन्तर्गत आज हुने पहिलो खेलका लागि नेपाली राष्ट्रिय टोलीको सुरुवाती–११ घोषणा भएको छ। बंगबन्धु रंगशालामा ४ः४५ बाट खेल सुरु हुनेछ।

नेपाली राष्ट्रिय टोली ४–३–२–१ को रणनीतिमा मैदान उत्रदैँछ। प्रशिक्षक बालगोपाल महर्जनले एक्ला स्ट्राइकरको रुपमा नवयुग श्रेष्ठलाई अघि सारेका छन्। यस्तै मिडफिल्डरमा विक्रम लामा, तेज तामाङ, सुजल श्रेष्ठ, रवि पासवान र अन्जन विष्टले समाल्ने छन्।

रवि र अन्जनले नवयुगको सहयोगका लागि विंगरको भूमिका निर्वाह गर्नेछन्। अनन्त तामाङले सेन्ट्रल डिफेन्समा अजित भण्डारीको साथ पाएका छन्। लेफ्ट ब्याकमा सुमन अर्याल र राइट ब्याकमा विकास खवास खेल्दैछन्। गोलपोष्ट कप्तान किरण चेम्जोङले सम्हाल्नेछन्। 

राष्ट्रिय टोलीमा विकासको डेब्यु

नेपाली राष्ट्रिय टोलीमा त्रिभुवन आर्मी क्लबका डिफेन्डर विकास खवासले डेब्यु गर्दैछन्। पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका मोरङ सुन्दर हरैचाका खवासले बंगलादेशविरुद्ध डेब्युको अवसर पाएका हुन्।

एन्फा एकाडेमीका उत्पादन विकास २०७५ सालको रेलिगेस बिनाको लिगमा उदियमान खेलाडी घोषित भएका थिए। विकास गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण विजेता नेपाली टिमको मुख्य सदस्यसमेत रहिसकेका छन्। 

सुरुवाती ११ मा प्रदेश १ का मात्रै ५ जना

नेपालको सुरुवाती ११ मा उत्रने खेलाडीमध्ये ५ जना प्रदेश १ का छन्। कप्तान तथा गोलरक्षक किरणसहित स्ट्राइकर नवयुग श्रेष्ठ, मिडफिल्डर सुजल श्रेष्ठ, डिफेन्डर विकास खवास र अनन्त तामाङ प्रदेश १ का हुन्।

किरण धनकुटाको राजारानीका हुन्। सुजल पनि धनकुटाकै हुन्। नवयुग इलामको देउमाई नगरपालिका–३ मंगलबारेका हुन्। अनन्त झापाको शिवसताक्षी र विकास मोरङको सुन्दर हरैचाका स्थायी बासिन्दा हुन्। 

बेञ्चमा ६ जना

बेञ्चमा रहेका १३ जना मध्ये ६ जना प्रदेश १ का हुन्। स्ट्राइकर भरत खवास मोरङको सुन्दर हरैचा, दर्शन गुरुङ र छिरिङ गुरुङ इलामको सन्दकपुर, दिलेन लोक्ताम झापाको विर्तामोड, पुजन उपरकोटी झापाको मेचीनगर र सेसेहाङ आङदाम्बे दमकका बासिन्दा हुन्। बंगलादेश पुगेका २५ जना खेलाडीमध्ये एक जनामा कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा छन्। 

नेपालको सुरुवाती ११

किरण चेम्जोङ, विकास खवास, अनन्त तामाङ, अजित भण्डारी, सुमन अर्याल, विक्रम लामा, तेज तामाङ, रवि पासवान, सुजल श्रेष्ठ, अन्जन विष्ट, नवयुग श्रेष्ठ

नेपालको बेन्च

एरिक विष्ट, भरत खवास, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, पुजन उपरकोटी, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ र छिरिङ गुरुङ
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.