|

धनकुटा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज धनकुटाको तेस्रो अधिवेशनले पुन सन्तवीर लामाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ। उपाध्यक्षमा बालिका मादेन, सचिवमा नरेन्द्र राई, सहसचिवमा जयन्ती राई, र कोषाध्यक्षमा मानवी तामाङ चयन भएका छन्।

सदस्यहरुमा करुणा मगर, दिवा चेम्जोङ, समिना राई, नरेश याम्फु, श्लेष्मा राई, विश्वराज श्रेष्ठ, बलराम चौधरी र आशिष लिम्बू सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।

यस्तै प्रदेश पार्शदमा पेमा मादेम्बा, उत्तम देवान र अजयसन्तोषी राई चयन भएका नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष भैरव आङ्लाले जानकारी दिए।

यस्तै केन्द्रीय पार्शदमा राजेश्वरबहादुर श्रेष्ठ, टिएल राई, शर्मिला राई, पूर्ण चौधरी, सुविल डंगोल यानिन्द्र तिगेला, विदुर खवास चनयन भएका छन्। यस्तै मोहन वान्तवा, विजय सन्तोषी राई, शुभकला राई र विमला रर्ई पनि केन्द्रीय प्रतिनिधिमा चयन भएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धनकुटामा ८७ मतदाता छन्।

सो अवसरमा स्थानीय रेडियो मकालुमा कार्यरत पत्रकार बालिका मादेनलाई नगद ५ हजारसहित पुरस्कृत गरिएको छ भने अग्रज पत्रकार सञ्जयसन्तोषी राईलाई सम्मान गरिएको छ। राई विगत तिन दशकदेखि धनकुटामा रहेर पत्रकारिता गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.