|

पर्वत : वसन्त ऋतुलाई ऋतुहरूको राजा भनिन्छ। वसन्तमा पलाउने पालुवा र हरियाली दृश्यले सबैको मन लोभ्याएको हुन्छ। दुःखी भएर बसेकाहरूको मनलाई पनि प्राकृतिक सौन्दर्यताले मुग्ध बनाउँछ भनिन्छ।

हिमालपारिको जिल्ला मुस्ताङमा भने प्राकृतिक सौन्दर्यको आनन्द लिन वसन्त ऋतु नै कुर्नुपर्छ भन्ने छैन। यहाँ शरद ऋतु पनि वसन्त भन्दा कम छैन। यही बेलामा पर्ने नेपालीका ठूला चाडले सबैको मन हौस्याएको छ। खेतमा फलेका पहेंलपुर धान, खुलेको निलो आकाश, न त हिलो-न त धूलो, न त जाडो न त गर्मी!

यही आनन्द लाग्ने मौसमको नमूना ठाउँ हिमालपारिको जिल्ला मुस्ताङ पनि हो। रातीमा टहटह देखिने जुन ताराको शीतलतासँगै कुनै कलाकारले डिजाइन गरेर बनाएका जस्ता पहाड र रुखको आकृतिले सबैको मन लोभ्याउँछ। सलल बगिरहेको कालीगण्डकी नदी र हिमालबाट बहने चिसो सिरेटोले हानिरहेका बेला वातावरणीय दृश्यले भने धेरैको ध्यान तान्छ, प्राकृतिक द‌ृश्यले मन आल्हादित तुल्याउँछ।

बालुवा जडित माटोको काखमा रातै र पहेँलै पात भएका रुख, बेँसीमा कालीगण्डकी सुसाइरहँदा लेकमा रहेका हिमालको टाकुरामा उदाउँदो र अस्ताउँदो घामको स्पर्शले दर्शकलाई अलौकिक संसारमा लगेको भान हुन्छ।

स्थानीय छेप्तेन गुरुङले शरद्‌मा सुन्दर देखिएको मुस्ताङका तस्वीर खिचेका छन्‌। हामी पनि हेरौं यी सुन्दर तस्वीरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.