|

दाङ :  दाङको घोराही उपमहानगरपालिका १४ झिंगौरा केही जलजला पुष्प खेती तथा नर्सरी फर्म दर्ता गरी  केही वर्षदेखि व्‍यावसायिक रुपमा पुष्पपखेती गर्दै  आएका लोकेन्द्र रोकाले सयपत्री फूल तथा  माला पुर्‍याउन सकेका छैनन्।

सोमबार अर्थात् भाई टीकाको दिन मंसिर १ गते हुँदा उनलाई अहिले विभिन्न जिल्लाबाट फूलको माग भई आएको छ।  गतबर्ष भन्दा यसबर्ष धेरै माग हुदाँ फूल पुर्‍याउनै धौ भएको उनले बताए।

 करिब २ विगाहमा फूलखेती गरेका रोकाले यस पटक विभिन्न ठाउँमा फूलको माग भई आएको भएता पनि उत्पादन कमी हुदाँ बाहिर पठाउन नसेको बताए। अहिले धेरै ठाउँमा फूलखेती नगरेको र गरेको ठाउँमा पनि दशैको समयमा फूल फूल्दा अहिले धेरै ठाउँबाट माग भई आएको उनले बताए। ‘मैले दशैँ र तिहारको लागी फूलहरु रोपेको थिएँ,’उनले भने ,‘ तिहारको लागि रोपेको फूल पनि करिब २० प्रतिशत मात्र फूल्यो।

त्यसले गर्दा पनि बाहिर पठाउन सकिएन। अहिले भारतबाट पनि फूल नआएको अवस्थामा र  गाउँ घरमा लगाएको फूलहरु पनि दशैँको समयमा फूल्दा पनि धेरै माग आएको छ।’

त्यस्ते लकडाउनका कारणले गर्दा पनि आफूले धेरै फूलखेती नगरेको समेत उनले बताए। गत चैतमा भएको लकडाउनका कारण त्यति बेला फूलहरु नबिक्दा भोटमै सुकेर धेरै घाटा लागेको थियो। अहिले पनि अवस्था कस्तो हुने हो? त्यही सोचेर धेरैमा खेति नगरेको उनको भनाइ छ।

जिल्ला यसपटक आफूले मात्र तिहारको लागि फूलखेती गरेको उनले बताए। ‘गत वर्ष  तुलसीपुर १३ फूलबारीमा समेत  फूलखेती हुँदा जिल्लामा फूल पुगेको अवस्था थियो। तर यस वर्ष तिहार ढिला हुँदा पनि लोकल फूलहरु सुक्दा धेरै माग बढेको हो,’उनले भने। अहिले आफूले १५ सय माला उत्पादन गरेको र त्यो मध्य ५ सय बुटवल र नेपालगंज पठाएको समेत उनले बताए।


अहिले जिल्लाको लागि १ हजार माला छन्। ती माला तुलसीपुर र घोराहीबाट विक्री गर्दै आएको समेत उनले बताए। ‘एउटा मालाको मुल्य एक सयदेखि डेड सयसम्म छ। यो फूल भारतबाट ल्याएर रोपेको हुँदा १५ दिनसम्म पनि माला बनाएर राख्दा केही हुँदैन,’ उनले भने। त्यस्तै राम्रोसँग फूलहरु उत्पादन भएमा एक सिजनमा २-३ लाखसम्म आम्दानी गर्न सकीने रोकाले बताए।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.