|

सुर्खेत : सुर्खेतका अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुले जित हासिल गरेको छ। सुर्खेत क्याम्पस (शिक्षा) सहित सुर्खेतका तीनवटा क्याम्पसमा अनेरास्वियुले जित हात पारेको हो ।

मध्यपश्चिमकै ठूलो क्याम्पस सुर्खेत क्याम्पसमा कोषाध्यक्ष बाहेक सबै पदमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन्। अनेरास्ववियु क्रान्तिकारीका महेश जिसीलाई १२ मतले पछि पार्दै अनेरास्ववियुका चक्रबहादुर शाहीले ३८७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्। यस्तै सचिवमा अनेरास्ववियुकै हिक्मतबहादुर बस्नेत र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका माधव सापकोटा विजयी भएका छन्।

सुर्खेतको भेरीगंगा नगरपालिकामा रहेको हिमशिखर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका रमेश शर्मा सभापतिमा वियजी भएका छन्। अमरदीप क्याम्पसमा अन्य संगठनहरुले भने तालाबन्दी गरे पनि निर्वाचन समितिले अनेरास्ववियुको प्यानललाई एकलौटी वियजी घोषणा गरेको छ।

पूर्वी सुर्खेतको भेरी शिक्षा क्याम्पस गुमीमा अखिल (क्रान्तिकारी) नेतृत्वको गठबन्धन विजयी भएको छ। अनेरास्ववियुसँगको गठबन्धनबाट अखिल क्रान्तिकारीका रिकबहादुर टमटा अध्यक्षमा विजयी भएका छन्

यसैगरी यस्तै पश्चिम सुर्खेतमा रहेको जनता बहुमुखी क्याम्पसमा भने नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ। यस्तै गुर्भाकोट क्याम्पसमा अखिल क्रान्तिकारी र अनेरास्ववियुले चुनाव बहिष्कार गरेपछि नेविसंघले एकलौटी जित घोषणा गरेको छ। यस्तै पूर्वी सुर्खेतमा रहेको सिम्ता क्याम्पसमा चुनाव हुनसकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.