काठमाडौं : कर्णाली प्रदेश कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको निधन भएको छ। आज विहान निधन हुनेमा विरेन्द्रनगर नगरपालिका–११ बस्दै आएका ६२ वर्षीय पुरुष छन्।
कात्तिक २६ गते गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनको कोरोना विशेष अस्पतालमा उपचार सुरु गरिएको थियो। अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेका उहाँको आज बिहान ५ः५५ बजे निधन भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।
यो सहित कर्णालीमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८ पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।