|

काठमाडौं : मकवानपुरमा थप एक ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ। बकैया ७ का उनलाई २४ गते कोरोना पुष्टि भएको थियो। ३० गते साँझ पौने ६ बजे मृत्यु भएको हो। ज्वरो,खोकी र श्वासप्रश्वासमा समस्या भई २१ गते अस्पताल भर्ना भएका थिए।

यो सँगै मकवानपुरमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ। जिल्लामा उपचाररत संक्रमितको संख्या ४ सय ३४ पुगेको छ। ३ हजार २ सय ५४ संक्रमणमुक्त र कुल संक्रमित ३ हजार ७ सय १२ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.