|

काठमाडौ‌ :  नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन, आज भाइटीका। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। कोरोना महामारीका कारण यो वर्षको तिहारमा सर्वसाधारणले मास्क लगाउनुका साथै विभिन्‍न स्वास्थ्य मापदण्ड अपनाएर भाइटीका लगाएका हुन्।

यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदैछ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ। भाइटीकाको टीका आज दिनभर लगाउन सकिने नेपाल पचांग निर्णायक समितिले जनाएको छ।

केही तस्वीर झलक : 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.