|

इलाम : बंगलादेशको ढाकामा रहेको नेपाली राष्ट्रिय फूटबल टीमले दाेस्रो खेलमा जित निकाल्न अभ्यास तीव्र पारेको छ।

घरेलु टोलीसँग पहिलाे खेलमा २-० पराजय भोगेको नेपाल मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फूटबल सिरिज’ अन्तर्गत अबको खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछ।

यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्दै सिरिजको ट्रफी घरमै राख्न चाहन्छ।

बंगलादेश विरुद्धको दोस्रो खेलमा रजिन धिमाल मैदान फर्कनेछन्। कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए। संक्रमणमुक्त भएपछि रजिन अभ्यासमा फर्किएका छन्।

नेपालविरुद्धको दोस्रो खेलमा मुख्य प्रशिक्षक जेमि डे उपस्थित हुने छैनन्। कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा रहेका छन्। नेपाल र बंगलादेश बीचको खेल नेपाली समय अनुसार मंगलबार अपरान्ह ४:४५ बजे शुरू हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.