|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ११ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, सोही समयावधिमा २९ सय ३४ जना संक्रमित कोरोनामुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप नौ जना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ३० पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.