|

काठमाडौं : उपत्यकामा सोमबार थप ५ सय १ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा ३ सय ७३, भक्तपुरमा ४४ र ललितपुरमा ८४ जना कोरोना संक्रमित थपिएका हुन्‌। संक्रमितमध्ये महिला २ सय १२ र पुरुष २ सय ८९ छन्।

हाल काठमाडौं जिल्लामा १४ हजार २ सय ७९ सक्रिय संक्रमित छन्। ३ सय १ संक्रमितको मृत्यु, ६४ हजार ७० कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ७८ हजार ६ सय ५० छन्। होम आइसोलेसनमा ११ हजार  ३ सय २८ संक्रमित उपचाररत छन्।

भक्तपुरमा सक्रिय संक्रमित १ हजार १ सय ८८ छन्। कुल संक्रमित ७ हजार १ सय ३० र ५ हजार ८ सय ६६ कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ७६ संक्रमितको मृत्यु भएको छ। होम आइसोलेसनमा बसी उपचार गर्नेको संख्या १ हजार २८ पुगेको छ।

त्यसैगरी, ललितपुरमा २ हजार २ सय ४ सक्रिय संक्रमित छन्। ९ हजार ८९ संक्रमणबाट मुक्त भएका छन्। कुल संक्रमित ११ हजार ३ सय ७९ छन्। होम आइसोलेसनमा १ हजार ९ सय ५९ छन्। ८६ संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.