|

काभ्रे : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट काभ्रेमा थप तीन जनाको मृत्यु भएको छ।

स्वास्थ्य  कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार मृत्यु हुनेमा पाँचखाल नगरपालिकाका ९१ वर्षीय पुरुष, बनेपा नगरपालिकाका ७२ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष रहेका छन्। उनीहरूको अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो।

हालसम्ममा जिल्लामा कोरोना सङ्क्रमणबाट ३२ पुरुष र १३ महिला गरी ४५ जनाको मृत्यु भएको छ। ती मध्ये १४ जना अन्य जिल्लाका रहेका छन्।

आज मात्रै  २० जना सङ्क्रमणबाट मुक्त भइ घर फर्किएका छन्। यसैगरी विभिन्न स्थानमा गरी ११ नयाँ सङ्क्रमित थपिएका छन्।

थपिएकामा  बनेपा नगरपालिकामा ६, धुलिखेल नगरपालिकामा १ , पनौती नगरपालिकामा २  र नमोबुद्ध नगरपालिकामा २ जना रहेका छन्। हालसम्ममा जिल्लामा दुई हजार २४३ जनामा सङ्क्रमण देखिएकोमा एक हजार ७०३ जना निको भइसकेका छन्।

सक्रिय सङ्क्रमितको सङ्ख्या भने ५०९ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.