|

म्याग्दी : म्याग्दीमा कोरोना संक्रमित होम आइसोलेसनमा बस्न थालेपछि संस्थागत आइसोलेसन खाली भएको छ।

समुदायस्तरमै कोरोनाको संक्रमण फैलिए पनि बेनी अस्पताल र स्थानीय तहको समन्वयमा खुल्लामञ्चमा रहेको  शैक्षिक तालिम केन्द्रको भवन तथा स्थानीय तहका अस्थायी कोरोना अस्पतालमा संक्रमित छैनन्।

जिल्लामा रहेका २२ सक्रिय संक्रमति सबै आफ्नै घरमा बसेका छन्। संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका बेनी नगरपालिका भित्रका २२ संक्रमति मध्ये १३ पुरुष, ८ महिला र अन्नपूर्ण गाउँपालिकाकी एक संक्रमति महिला होम आइसोलेसनमा रहेको  जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) म्याग्दीमा सदस्य सुरत केसीले बताए। ‘होम आइसोलेसनमा आवश्यक मापदण्ड पुरा गरिएको छ,‘स्वास्थ्यकर्मीको सहयोग तथा अनुगमन समेत भइरहेको छ’ केसीले भने।

उनले पालिकास्तरमा रहेको कोरोना रोकथाम समितिले संक्रमतिको रेखदेख तथा ब्यवस्थापनका साथै थप संक्रमण फैलिन नदिने गरी जनस्वास्थ्यको मापदण्डको प्रयोगसमेत गरेको बताए।

 होम आइसोलेसनमा सबै कन्ट्रयाक्ट ट्रेसिङबाट पोजेटिभ आएका संक्रमति छन्। जिल्लामा सबैभन्दा जोखिममा रहेको बेनीबजार सहित स्थानीय तहसँग समन्वय गरी डिसिसिएमसीका संयोजक एवम् प्रजिअ उमाकान्त अधिकारी सहितको टोलीले होम आइसोलेसनको अनुगमनसमेत गरेका छ।

टोलीले संक्रमतिहरु बसेको कोठा, शौचालय, मास्क, भौतिक दूरी, स्वास्थ्य अवस्थाकाका साथै सुधारका विषयमा समेत सम्बन्धित स्थानीय तहलाई जानकारी समेत गराइएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए।

स्वास्थ्यमा समस्या आएमा तत्कालै उपचार, चिन्ह, लक्षण देखिएमा थप उपचारका लागि स्वास्थ्यकर्मी समेत घरमै पुग्ने ब्यवस्था मिलाइएको छ। त्यस्तै विदेशबाट आउने तथा जिल्ला बाहिरबाट आउनेमा कोरोनाको लक्षण देखिएमा होम क्वारेन्टाइनमा प्रोत्साहन गरिएको छ।

कालिपुलस्थित होल्डिङ सेन्टरमा विवरण संकलन गरी स्थानीय तहसँग समन्वय गर्ने गरिएकाले सहज भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।

म्याग्दीमा कुल १ सय २४ संक्रमति मध्ये सक्रिय संक्रमतिको संख्या २२ रहेको छ। जिल्लामा संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकामा धमाधम कोरोना पुष्टी हुन थालेपछि समुदायमै कोरोना फैलिने जोखिम ह्वात्तै बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.