|

काठमाडौं : उपत्यकामा मंगलबार थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २ सय ८९, भक्तपुरमा १२ र ललितपुरमा ९२ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये महिला १ सय ४६ र पुरुष १ सय ९३ जना छन्।

काठमाडौं जिल्लामा यतिखेर पहिचान गरिएका १३ हजार ३ सय २१ सक्रिय संक्रमित छन्। कुल संक्रमित संख्या ७८ हजार ९ सय ३९ जना पुगेको छ। ६५ हजार ३ सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन्‌। हालसम्म ३ सय ६ संक्रमितले ज्यान गुमाएका छन्‌।

भक्तपुरमा सक्रिय संक्रमित १ हजार १ सय ३५ छन्। कुल संक्रमित ७ हजार १ सय ४२ जना रहेकोमा ५ हजार ९ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन्‌। हालसम्म ७८ संक्रमितको मृत्यु भएको छ।

त्यसैगरी, ललितपुरमा हालसम्म संक्रमित संख्या ११ हजार ४ सय ७१ जना पुगेको छ। २ हजार ७९ सक्रिय संक्रमित छन्। ९ हजार २ सय ५२ कोरोना संक्रमणबाट मुक्त भएका छन्। ८६ संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.