|

काठमाडाैं : १७ वर्षे खेल जीवनलाई त्याग्दै जाभियर मार्सरानोले सक्रिय फुटबल खेलबाट संन्यास घोषणा गरेका छन्। 

३६ वर्षीय डिफेन्डरले १५ वर्ष अर्जेन्टिनी फुटबल टिमबाट खेलेका थिए। १८८४ मा अर्जेन्टिनाको सान लोरेन्जो सहरमा जन्मिएका उनी अर्जेन्टिनी फुटबल टोलीका सफल खेलाडी मानिन्छन्। 

सन् २०१४ को विश्वकपमा जर्मनीसँग फाइनल खेलमा पराजित भएर उपविजेता बन्दा टोलीको प्रमुख रक्षापंक्तिमा उनी नै थिए। साथै उनले स्पेनको क्लब बार्सिलोनामा ८ वर्ष बिताएका थिए। त्यसअघि उनले इंग्लिस क्लब लिभरपुलमा ३ वर्ष र वेस्ट ह्यामबाट १ वर्ष खेलेका थिए। 

बार्सिलोनामा रहँदा उनले २ सय ३ खेल खेले। पछिल्लो एक वर्षयता उनी अर्जेन्टिनाकै क्लब इस्टुनियानेटमा आबद्ध छन्। जारी सिजनको अन्त्यबाट उनले सक्रिय खेलजीवनबाट संन्यासको घोषणा गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.