|

काठमाडौं : युइएफ नेसन्स लिग फूटबलमा  स्पेनले जर्मनीमाथि शानदार जित हासिल गरेको छ।  गएराति सम्पन्न खेलमा स्पेनले जर्मनीलाई ६-० गोलले पराजित गरेको हो।

स्पेनको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए भने रोड्री, अल्भारो मोराटा र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए। पछिल्लो १४ बर्षमा २०१४ को विश्वकप विजेता जर्मनीको यो सबैभन्दा नराम्रो हारको रुपमा लिइएको छ।

स्पेनले सर्जियो रामोस र सर्जियो कनालेस बिना उत्कृष्ट प्रदर्शन गरेको थियो। यो जितसँगै स्पेनले नेसन्स लिगको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। स्पेन समुह चार बाट ६ खेलमा ११ अंक बनाउदै पहिलो हुदै फाइनलमा पुगेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.