|

सोलुखुम्बु : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश कुमार भट्टराईले पर्वतारोहण तथा पर्यटन अध्ययन प्रतिष्ठान सम्बन्धि विधेयक संसदमा चाँडै पेश हुने बताएका छन्‌।

​सोलुदुधकुण्ड नगरपालिका-७ गार्मामा रहेको पर्वतीय प्रशिक्षण प्रतिष्ठानको निरीक्षण गर्दै मन्त्री भट्टराईले विधेयक पास गरी विश्वविद्यालयका रूपमा सञ्चालन गर्ने सरकारको तयारी रहेको जानकारी दिएका हुन्‌।

लुक्ला विमानस्थल स्थानीय सरकारलाई हस्तान्तरण गर्छौं : मन्त्री भट्टराई

तत्काल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका व्यवस्थापन समितिसँग छलफल गरी सोलुखुम्बुमै कक्षा सञ्चालन गर्ने मन्त्री भट्टराईले बताए। पर्वतीय प्रशिक्षण प्रतिष्ठानमा आवश्यक पूर्वाधार समेत निर्माण भइसकेको हुँदा हाल काठमाडौंमा अध्ययन गरिरहेका विद्यार्थीले गार्मामै बसेर शिक्षा लिने व्यवस्था मिलाउने उनको भनाई छ।  

सोलुखुम्बुको गार्मामा करिब ३ हजार रोपनी क्षेत्रफलमा पर्वतीय प्रशिक्षण प्रतिष्ठानका लागि आवश्यक संरचना निर्माण भइरहेको छ। जिल्लाको तल्लो क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको भएपनि लामो समय देखि निर्माणकै चरणमा रहँदा स्थानीय भने निरास बनेका छन्। स्थानीयको जग्गा अधिग्रहण गरेर संरचना निर्माण गरेको भएपनि आवश्यक लाभ लिन नपाउन तथा सञ्चालन नहुनु दुखद् भएको स्थानीय योगेश श्रेष्ठको भनाई छ।

प्रदेश सांसद तथा नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रतिष्ठानको अवस्था, संभावना र स्थानीयको अपेक्षाको बारेमा मन्त्री भट्टराईलाई जानकारी गराए। स्थानीय जग्गा धनीले पाउनुपर्ने मुआब्जा समेत पाउन नसकेको विषयमा मन्त्री भट्टराईले तत्काल समस्या समाधान गर्ने आश्वासन समेत दिए।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा निर्माण गरिएको पर्यटन सूचना केन्द्र भवनको उद्घाटन, तेञ्जिङ हिलारी विमानस्थल लगायतको अध्ययन गरी मंगलबार बिहान हेलिकोप्टर मार्फत उनी गार्मा आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.