|

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले सत्तारुढ नेकपाको आन्तरिक विवादका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राजदूत होउ यान्छीलाई बालुवाटार बोलाएको भन्दै आपत्ति जनाएका छन्। घिमिरेले देशको प्रमुख कार्यकारीको निवासमा चिनियाँ राजदूत बोलाएर नेकपाको आन्तरिक मामलामा सामेल गराएको भन्दै आपत्ति जनाएका हुन्। 

हिजो मंसिर २ गते राती ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी राजदूत यान्छी राती १०ः१० बजे मात्रै निस्केकी थिइन्। प्रधानमन्त्री ओली र राजदूत यान्छीबीच नेकपाको पछिल्लो विवादका विषयमा छलफल भएको बुझिएको छ।

राजदूतसँगको भेटपछि राती नै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए। यसअघि पनि नेकपाको विवाद बढेर पार्टी फुटकै संघारमा पुग्दा राष्ट्रपति भण्डारी र राजदूत यान्छी निकै सक्रिय भएका थिए।

यस पटक पनि नेकपाको आन्तरिक विवादमा उनीहरूको प्रवेश भएको हो। कांग्रेस केन्द्रीय सदस्य घिमिरेले चीनले नेकपाको आन्तरिक विवादमा हाक्काहाक्की हात हाल्नु खेदजनक भएको पनि टिप्पणी गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.