|

बलिउडकी ड्रीम गर्ल अर्थात हेमा मालिनी सधैं चर्चामा रहन्छिन्। हेमा ६० को दशकदेखि फिल्महरूमा काम गरिरहेकी छिन्। हेमाको पेशागत जीवनसँगै निजी जीवन पनि चर्चामा रहन्छ।

हेमा मालिनीले अभिनेता धर्मेन्द्रसँग विवाह गरेकी थिइन्। तर, हेमा मालिनीसँग विवाह गर्नुभन्दा पहिले धर्मेन्द्र विवाहित थिए। यसको बावजुद उनले धर्म परिवर्तन गरे र हेमा मालिनीसँग विवाह गरे।

धर्मेन्द्रको पहिलो विवाह प्रकाश कौरसँग भएको थियो। पहिली श्रीमतिबाट धर्मेन्द्रका सनी देओल र बबी देओल गरी दुई छोरा छन्। धर्मेन्द्रले दुवै छोरा भएपछि हेमा मालिनीसँग विवाह गरेका थिए।

धर्मेन्द्रकी पहिलो पत्नी प्रकाश कौरको बारेमा थोरैलाई थाहा छ। तर एकपटक अन्तर्वार्तामा हेमा मालिनीले प्रकाश कौरको बारेमा चर्चा गरेकी छिन्।

अन्तर्वार्ताका क्रममा धर्मेन्द्रकी पहिलो पत्नीलाई इंगित गर्दै मालिनीले भनेकी थिइन्, 'मैले धरमजीसँग विवाह गरें, तर यस विवाहमा कसैलाई चोट नपरोस् भन्ने म चाहन्थें। मसँग विवाह गरेपछि पनि धर्मेन्द्रलाई आफ्नो पहिलो परिवारबाट कहिल्यै अलग हुनु परेको छैन।'

आफ्नो र धर्मेन्द्रको सम्बन्धबारे कुरा गर्दा हेमाले भनिन्, 'म र धर्मेन्द्र यस उमेरमा पनि एक अर्काको हेरचाह गर्छौं। जब मैले पहिलोपटक धरमजीलाई देखेँ, तब मलाई थाहा भयो कि उनी मेरो लागि बनेका हुन्। मैले निर्णय गरेको थिएँ कि म यस व्यक्तिसँग मेरो जीवन बिताउन चाहन्छु।'

हेमा र धर्मेन्द्रको विवाह सन्‌ १९८० मा भएको हो। धर्मेन्द्रले हेमासँग बिहे गरेपनि आफ्नी पहिली श्रीमती प्रकाशलाई भने छाडेनन्। प्रकाशसँग धर्मेन्द्र सम्बन्ध विच्छेद गर्न चाहँदैनथे, त्यसैले धर्मेन्द्रले इस्लाम धर्म स्वीकारे र हेमा मालिनीसँग विवाह गरे। उनी प्रायः आफ्ना दुवै परिवारसँग समय बिताउने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.