|

भोजपुर : कोरोना संक्रमणबाट भोजपुरमा पहिलोपटक एक युवतीको मृत्यु भएको छ।

संक्रमणबाट षडानन्द नगरपालिका-८ तुङगेछाकी २४ वर्षीया युवतीको सोमबार मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए।

कार्तिक १९ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परीक्षण गराउँदा ती युवती संक्रमित रहेको पुष्टि भएको थियो। कोरोना पोजेटिभ देखिएपछि उनी घरमै होम आइसोलेसन बस्दै आएकी थिइन।

मृतकको सव व्यवस्थापनको लागि फस्ट राइफल गण भोजपुरको टोली गएको प्रजिअ पुरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.