|

सर्लाही :  सर्लाहीको बरहथवा नगरपालिका– १२ हिरापुरमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । आज (बुधवार) बिहान ११ः४५ बजे हिरापुर पुरैनियाबाट उत्तरतर्फ गइरहेका साइकल यात्रीलाई बिपरित दिशाबाट आएका मोटरसाइकलले ठक्कर दिँदा स्थानिय बरहथवा १८ का ६५ बर्षिय कृष्ण बहादुर श्रेष्ठको मृत्यु भएको हो ।

बा ५१ प ३५३८ नम्बरको मोटरसाइकलले ठक्करबाट गम्भिर घाइते भएका श्रेष्ठलाई उपचारको लागि बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजादै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक नरेन्द्र कुमार मोरबैटाले बताए। मोटर साइकल चालक ब्रम्हपुरी गाउँपालिका २ का २७ बर्षिय संजय गुप्ता, मोटर साइकल सवार रामनगर गाउँपालिका ७ का २० बर्षिय दिपेश गुप्ता र गोडैता नगरपालिका ५ की १० बर्षीया अञ्जली गुप्ता घाइते भएको प्रहरीले जनाएको छ । 

उनीहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते तिनै जना आफन्त रहेका र उनीहरु काठमाण्डौ बाट छठ मनाउन घर तर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.