|

दमक :  नेकपा एमालेले झापाबाट मधेस केन्द्रीत मेचीकाली अभियान सुरु गरेको छ। झापाको सुखानीमा कम्यनिष्ट अगुवाहरुलाई २०२९ साल आजकै दिन गोली हानी गरिएको थियो। त्यस घटनाको संझना गर्दै एमालेले आजकै दिन मेचीकाली अभियान सुरु गर्‍यो।

अभियानमा केपी ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङ लगायत एमाले शीर्ष नेताहरु सहभागी भए। ठुलो संख्यामा कार्यकर्ता र जनता अभियान सफल पार्न आए। झापाको काँकडभिट्टाबाट सुरु भएको अभियानको पहिलो दिन बिर्तामोड र दमकमा पनि आमसभा आयोजना भयो। एमाले अध्यक्ष केपी ओलीले कुनै हालतमा संविधान संशोधन गर्न नदिने बताए। उनले चुनाव कार्यान्वयन गर्नका लागि स्थानीय तहको निर्वाचन तोकिएको मितिमै हुनुपर्ने बताए। सरकारले स्थानिय तहको निर्वाचन गर्नेमा शंका व्यक्त गरे।

पहिलो दिन सभामा ठुलो संख्यामा नेता,कार्यकर्ता तथा जनता सहभागी भए। स्थानीय कलाकारहरुले सभालाई भव्य बनाउने क्रममा विभिन्‍न सांस्कृतिक प्रस्तुती समेत दिए। अभियान चैत ५ गतेसम्म सञ्चालन हुनेछ। तराइका विभिन्‍न जिल्ला हुँदै सुर्खेतमा गएर अभियानको समापन गरिने एमालेले जानकारी दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.