|

काठमाडौं : सेयर बजारमा अहिलेसम्मकै धेरै कारोबार भएको छ। नेपालको पुँजी बजारकै इतिहासमा आज अहिलेसम्मकै धेरै ६ अर्ब ११ करोड ६७ लाख ३० हजार माथिको कारोबार भएको  छ।

१ सय ९८ कम्पनीका १४ लाख ६२ हजार ५ सय ७ कित्ता शेयर खरिदबिक्री भएका छन्। लगानीकर्ता सेयर बजारप्रति उत्साहित हुँदा खरिदबिक्री रकममा उछाल आएको  हो। शेयर बजारको कारोवार मापक नेप्से परिसूचक ३६ दशमलव ३२ अंकले बढेर १७ सय ७८ दशमलव १२ बिन्दुमा पुगेको छ।

‘क’ वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटीभ इन्डेक्स ४ दशमलव ९८ अंकले बढेर ३ सय ४३ बिन्दुमा पुगेको छ । कारोवारमा सूचिकृत सबै समूहगत उपसूचकमा हरियाली छाएको छ।

बिमा, उत्पादनमूलक, व्यापारिक तथा होटेल समूहका सूचकमा तेजी आएको छ। निर्जीवन बिमा समूह ३ सय ९९, जिवन विमा ३ सय ७६ अंकले बढ्दा उत्पादनमूलक समूहको सूचक २ सय ४ अंकले हरियो भएको छ।

होटल समूहमा पनि १ सय ८१ अंकको बृद्धि देखिएको छ। करिब १ दर्जन कम्पनीको भाउ बढेर सकारात्मक सर्किट लागेको छ । खरिदबिक्री रकममा अगाडी रहेको नेपाल पुनर्बिमा कम्पनीको ४१ करोड भन्दा बढीको कारोबार भएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.