|

काठमाडौं : उपत्यकामा बिहिबार थप १२ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ९ सय ६५, भक्तपुरमा ७५ र ललितपुरमा १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन्। 

महिला पाँच सय १३ र ७ सय १६ पुरुष रहेका छन। काठमाडौं जिल्लामा यतिखेर पहिचान गरिएका १२ हजार चार सय ४१ सक्रिय संक्रमित छन्। कुल संक्रमित संख्या ५० हजार ७ सय २६ जना पुगेको छ।

६७ हजार ९ सय ७३ जना कोरोना संक्रमणमुक्त र  हालसम्म ३ सय १२ संक्रमितले ज्यान गुमाएका छन्‌।

भक्तपुरमा सक्रिय संक्रमित ९ सय ९८, कुल संक्रमित ७ हजार २ सय ६५ जना रहेकोमा ६ हजार एक सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन्‌। हालसम्म ८१ संक्रमितको मृत्यु भएको छ।

त्यसैगरी, ललितपुरमा हालसम्म सक्रिय संक्रमित संख्या २ हजार २ सय ४४ जना पुगेको छन्।  ९ हजार ४ सय ४१ कोरोना संक्रमणबाट मुक्त भएका, ८९ संक्रमितको मृत्यु र कुल संक्रमित ११ हजार ७ सय ७४ संक्रमित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.