गुल्मी : गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा आज साँझपख भीषण आगलागी भएको छ। सदरमुकाम तम्घासको देउराली नजिकैबाट जंगलक्षेत्रमा सुरु भएको आगलागी अहिले नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार अहिले हावाहुरी चलिरहेका कारण आगो नियन्त्रणभन्दा बाहिर छ। आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल गुल्म र नेपाली सेनाको टोली परिचालन भएको छ। उक्त क्षेत्रमा रहेको नेपाल टेलिकमको टावरसमेत उच्च जोखिममा परेको बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।