|

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उत्कर्षमा पुगेको  विवाद समाधानका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच विवाद समाधानका उपायमाथि छलफल भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा नै महासचिव पौडेलले प्रचण्डसँग छलफल गरेका हुन्। प्रचण्डसँग भेट्नुअघि पौडेलले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफल गरेका थिए।  

मन्त्रिपरिषद् पुनर्गठन र कर्णाली प्रदेशको विवादलाई लिएर बल्झिएको विवादमा कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा ओलीमाथि संगीन आरोप लगाउँदै राजनीतिक प्रतिवेदन पेस गरेपछि घटनाक्रमले नयाँ रुप लिएको छ।

प्रधानमन्त्री ओलीले पनि आगामी सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने बताएपछि थप अन्योलतर्फ नेकपाको विवाद गएको छ। पछिल्लो समय नेकपाको विवाद मिल्ने भन्दा पनि अर्को विवाद थपिँदै गएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.