|

सुरेन्द्र सिंह

जनकपुरधाम : जनकपुरधामको पोखरीहरूमा बिहानैदेखि भिड लागेको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि ऐतिहासिक गंगा सागर, धनुष सागर, अंगराज सरलगायतका पोखरीमा घुइँचो लागेको देखिन्छ।

बिहीबार साँझ खरना समाप्त भएपछि रातिको १२ बजेदेखि नै पोखरीको घाटमा अर्घ्य दिन भिड लागेको हो। मिथिलाको नदी, तलाउ, पोखरीमा यतिबेला भीड बढ्न थालेको छ। व्रतालुहरू अर्घ्यलाई सुरक्षित साथ राखेर चोखो भएर पूजा पाठ गरिरहेका छन्।

जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, कामिनी सर, रत्नसागर, भूतहीलगायत पोखरीलाई नवदुलहीझैं सजाएर झकिझकाउ बनाइएको छ।

केही दृश्य झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.