|

दैलेख : कर्णाली प्रदेशमा शुक्रबारसम्मको अवधिमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ।

कार्णालीका १० वटा जिल्लाका प्रशासन कार्यालयले दिएको जानकारीअनुसार शुक्रबार सम्म कर्णालीमा सङ्क्रमित सङ्ख्या ६ हजार ६ सय ६० पुगेको जनाएको छ। जम्मा सङ्क्रमित मध्ये १९ जनाको मृत्यु भएको छ। 

कर्णालीका १० जिल्ला मध्ये सुर्खेतमा सङ्क्रमित संख्या सबैभन्दा धेरै छ। ३ हजार ५ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी दोस्रो धेरै दैलेखमा १ हजार ४ सय ४२ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीर प्रसाद रेग्मीले जानकारी दिए। 

कुन जिल्लामा कति सङ्क्रमित?

सुर्खेत : सुर्खेतमा ३ हजार ५ सय ७७ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका मध्ये ३ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन्। सुर्खेतमा कोरोना सङ्क्रमणका कारण हाल सम्म १२ जनाको मृत्यु भइसकेको छ।

दैलेख  दैलेखमा सङ्क्रमित सङ्ख्या १ हजार ४ सय ४२ पुगेको छ भने १ हजार ४ सय ८ जना डिस्चार्ज भएका छन्। हालसम्म कोरोना सङ्क्रमणका कारण जिल्लामा ५ जनाको मृत्यु भएको छ।

सल्यान : सल्यानमा ६ सय ७ जनामा कोरोना पुष्टि भएकोमा ५ सय ४८ जना डिस्चार्ज भएका छन्। बाँकी ५९ जना आइसोलेसन, होम आइसोलेसनमा उपचार गराइरहेका र १ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

जाजरकोट : ८४ जना कोरोनाका बिरामी रहेको जाजरकोटमा हालसम्म ७४ जना डिस्चार्ज भएका छन्। बाँकी १० जना होम आइसोलेसनमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

पश्चिम रुकुम : दुई सय ३ जना कोरोनाका बिरामी रहेको रुकुममा हालसम्म एक सय ८९ जना डिस्चार्ज भएका छन्। रुकुममा हालसम्म कोरोना सङ्क्रमणका कारण १ जनाको मृत्यु भएको प्रशासन कार्यालय रुकुमले जनाएको छ।  

डोल्पा : डोल्पा जिल्लाभर हालसम्म ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा सबै सन्चो भएका र हाल डोल्पामा एक जना पनि कोरोनाका बिरामी नरहेका जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ। 

कालिकोट : कालिकोट जिल्लामा हालसम्म २ सय ४३ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये २ सय ३९ जना डिस्चार्ज भएका छन्।  हाल ४ जना आइसोलेसनमा रहेका जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएका छ। 

जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार शुक्रवार सम्म जिल्लाभर ४ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये ३ सय ७० जना डिस्चार्ज भएका छन् भने ३४ जना आइसोलेसनमा रहेका जानकारी दिएको छ। 

हुम्ला : ५६ जना कोरोनाका बिरामी रहेको हुम्लामा हालसम्म ९ जना डिस्चार्ज भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

मुगु : ३५ जना कोरोनाका बिरामी रहेको मुगुमा हालसम्म ३२ जना डिस्चार्ज भएका छन्। तीन जनाको आइसोलेसनमा उपचार भइरहेको मुगु प्रशासनले जानकारी दिएको छ। 

नौ जिल्लाका प्रशासन कार्यालयसँगै रुकुमको जिल्ला अस्पतालका कोरोना फोकल पर्सनबाट जानकारी लिएर तयार पारिएको

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.