|

गुल्मी : गुल्मीका कोरोना संक्रमितको उपचार क्रममा रुपन्देहीमा मृत्यु भएको छ। 

जिल्लाको रेसुंगा नगरपालिका –१ का  ६६ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल रुपन्देहीमा शुक्रबार दिउँसो मृत्यु भएको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले  जानकारी दिए।

कात्तिक २७ गते उनमा संक्रमण पुष्टि भएको र उनमा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको अर्यालले बताए।

जिल्लामा  संक्रमितको संख्या ८२० जना रहेकोमा ७३९ जना निको भएर घर फर्किएका छन् भने ७० जना होम आइसोलेसनमा छन्। योसँगै जिल्लामा संक्रमणका कारण १२ जनाको ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.