|

भद्रपुर : झापामा गाई काटेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दमक नगरपालिका ७ बस्ने २९ वर्षीय प्रदीप सुवेदी, सोही ठाउँका २० वर्षीय बब्लु अलि, ४२ वर्षीय ढकराज राम दाम र २७ वर्षीय छोटे अलि रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीले विशेष सूचनाको आधारमा घरमा छापा मारेर उनीहरूको साथबाट १० किलो गाईको मासु फेला पारेको हो। उनीहरूले गाईको बाछो काटेर घरमा मासु लुकाइरहेका थिए। यता, पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। उनीहरूलाई गौहत्या गरेको आरोपमा कानुनी कारबाही प्रक्रिया अघि बढाइने डिएसपी थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.