|
फाइल फोटो

दाङ : नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता हुनु र फुट्नु सृष्टिको नियम भएको बताएका छन्। 

शनिबार दाङको तुलसीपुरमा भएको पार्टीका नेता तथा कार्यकर्तासँगको भेटमा उनले पछिल्लो समय पार्टीभित्र देखिएका समस्याको विषयमा बोल्दै पार्टी एकता भएपछि फुट्न पनि सक्ने बताए।

आफू सधैं पार्टी एकताको पक्षमा भएको भन्दै उपाध्यक्ष गौतमलले एकतापछि फुट्नु र जन्मेपछि मर्नु सृष्टिको नियम भएको बताएका हुन्।

पार्टी एकता, समृद्ध नेपालदेखि समाजवादको परिकल्पना आफ्नो सपना भएको बताउँदै उनले ६३ सालदेखि पार्टी एकीकरणको पक्षमा रहँदै आएकाले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा दरोका साथ मिलाउने पक्षमा रहेको समेत बताए। 

त्यस्तै आफूले अहिलेसम्म कुनै गुटबन्दी नगरेको दाबी गदैै सबै यतिबेला पार्टी एकताको पक्षमा हुनुपर्ने समेत बताए। उपाध्यक्ष गौतम दाङको हापुरमा आफन्तको घरमा व्यक्तिगत भेटघाटका लागि दाङ आएका हुन्। 

सो अवसरमा नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले दाङका सबै नेता र कार्यकर्ता पार्टी एकताको पक्षमा भएकाले एकताको पक्षमा गम्भीरतासाथ लाग्न आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.