|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले चितवन घटनालाई अराजनीतिक भनेका छन्। चितवनको राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा बोल्दै गर्दा उनीविरुद्ध ८/१० जनाको समूहले बैठकस्थलमा प्रवेश गरी नाराबाजी गरेको थियो। 

‘म स्थायी कमिटी बैठकका निर्णयबारे बोल्दै थिए, ८/१० जनाको समूह बैठकस्थलमा प्रवेश गर्यो, र जबज जिन्दावाद, मदन भण्डारी फाउन्डेसन जिन्दावाद, राजनेता केपी ओली जिन्दावाद भन्दै नारा लगाउन थाले, थाहाखबरसँग कुरा गर्दै नेता पाण्डेले भने, ‘केही बेरमा उनीहरु बाहिर निस्किए, मैले पनि आफ्नो भनाइ छोट्याएँ र कार्यक्रम सकेर काठमाडौं फर्किए।’

उनले थपे, ‘यो घटनालाई मैले अराजनीतिक रुपमा लिएको छु, पञ्चायतकालमा मान्छेहरु यस्तै गर्थे, तर उनीहरु अहिले कहाँ पुगे थाहा छैन, यस्तो प्रवृत्ति भनेको त समाप्त हुने नै हो, गलत हो नि,’ उनले थपे, ‘न यस्ता गतिविधि गर्नेलाई फाइदा हुन्छ, न यस्ता व्यक्तिलाई उचाल्नेलाई नै फाइदा हुन्छ।’ 

नेता पाण्डेले नाराबाजी गर्नेहरु मुख्यमन्त्रीका सल्लाहाकार जगन्नाथ थपलियाका छोरा, प्रदेशका कृर्षि मन्त्रीका पिए र ज्वाईंलगायत संलग्न रहेका बताए। ‘यो घटनामा मदन भण्डारी फाउण्डेसनका मानिसहरु पनि सहभागी छन्, तर यो पार्टी नेतृत्वकै आडमा भएको हो कि होइन छानबिनपछि मात्र थाहा होला।’ उनले घटनाबारे जानकारी दिँदै भने, ‘जे सुकै भए पनि यो प्रवृत्ति गलत हो, गैरराजनीतिक हो।’

चितवनमा शनिबार भएको यो घटनालाई कतिपयले पार्टी भित्रको विवाद कार्यकर्ता स्तरसम्मै पुगेको विश्लेषण गरेका छन्। पार्टीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल एकै कित्तामा उभिएका बेला नेपालनिकट नेता पाण्डेमाथि ओली पक्षका कार्यकर्ताबाट भएको यो विरोधले नेकपाको विवाद कार्यकर्तास्तरसम्म पुगेको पुष्टि गरेको उनीहरुको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.