काठमाडाैं : कोरोना संक्रमणबाट ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक तथा वरिष्ठ सर्जन डा ध्रुव शर्मा मुडभरीको निधन भएको छ।
शनिबार अपराह्न ओम अस्पतालमा उनको निधन भएको हो। ७७ वर्षीय मुडभरीमा कोरोना संक्रमण भएको १५ दिन भएको थियो।
कडा खालको निमोनियाको समस्यासँग जुधेका उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो। उनले विभिन्न अञ्चल अस्पतालका साथै वीर अस्पतालको निर्देशकको जिम्मेवारी पूरा गर्नुका साथै शाही शल्य चिकित्सकका रुपमा रहेर समेत काम गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।