|

काठमाडौं : कोरोना भाइरसको कारण ५४ वर्षीय स्वास्थ्यकर्मी गौरीशंकर देवको मृत्य भएको छ।  सिरहाको कल्याणपुर नगरपालिकाको स्वास्थ्य महाशाखामा कार्यरत जनस्वास्थ्य अधिकृत देवको शनिबार राति विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु’ भएको हो।

उनलाई ७ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो। कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था गम्भीर भई उनको आइसियुमा राखेर उपचार गर्ने क्रममा मृत्यु’ भएको हो। 

योसँगै सप्तरीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ। १ सय ५ संक्रमित उपचाररत, १८ सय २१ संक्रमणमुक्त र कुल संक्रमित १९ सय ४६ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.