|

काठमाडौं : गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि भएको छ। लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कास्की पोखरा महानगरपालिकाका १९,  तनहुँका १ र स्याङजाका १ पुरुषमा कोरोना पुष्टि भएको हो।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १० हजार ९ सय ५७ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.