|

'हामीलाई दुम्सीबाट मानिस बनाऊ' नेपाली जनता

नेपाल भन्ने देशमा एउटा लोङसेडिङ नामको शनि थियो। उसले केही आफ्नाबाहेक बाँकी सारा जगतवासीलाई मानिसबाट दुम्सीमा बदलेको थियो। १८ घण्टासम्म अँध्यारो खोरमा थुनेर राखेको थियो। जलाम्य मौसममा पनि विभिन्न बहानामा दुःख दिनु उसको सनातनी धर्म थियो। नागरिकहरूले उज्यालोमा लगानी गरे पनि ऊसँग सम्बन्ध गाँस्न पूरापूर निषेध थियो। चौतर्फी निराशा नै निराशाका झारहरू मौलाएको बेला एउटा अक्षम भनी मिल्काइएको मनुवा कुलमानसँग उसको जम्काभेट भयो। कसले बाटो छोड्ने, दुवै टसमस भएनन्। लोङसेडिङले नाथे कुलमानलाई पुछ्ने वा टेर्ने सवाल नै थिएन। वर्षौँसम्मको आफ्नो हालीमुहालीमा मस्तराम उसको साथमा धुम्बासानेपादेखि पेरिस दरबार र केही खालेखाले हुनेखानेसम्मको आशीर्वाद मात्र होइन, तन, मन, वचनबाट सहयोग थियो भने यता कुलमानलाई बाँकी जगतवासीको।

लाग्छ, एउटा अहोभाग्यबाट हामी चुक्न पुग्यौँ। नदीनाला र सम्भावानाको खानीको बिगबिगी भएर पनि २४ घण्टा लोडसेडिङमा टहल्लिने मुलुक कुन हो? गिनिज बुकमा नाम लेखाउने अवसर देशले गुमायो। सामान्य ज्ञानका पानामा पढ्न पाइएन, जुन हाम्रो राम्रो पहिचान र नयाँ नेपालको तस्वीर थियो।

'अतिपछिको खती' भनेझैँ अँध्यारोको पराजय भयो। क्रमशः देश र देशवासी अहिले उज्यालोको साथमा छन्। काठमाडौँ, चितवन हुँदै पूर्वाञ्चललगायतका क्षेत्रबाट गायब लोडसेडिङ बाँकी भागमा पनि पाहुना जस्तो आउँछ र एकछिन बसी बाटो लाग्न थालेको छ। 'एकछिन उज्यालो हरायो, कुलमान कता जानुभएछ' भनी जोकहरू आविष्कार हुन थालेका छन्। यसबाट धर्तीमा नासवान मात्र होइन, निर्माणवान पात्र पनि छन् भन्ने प्रष्ट हुन्छ। गरे हुन्छ, गर्नेहरू पनि छन्, सबै सम्भावनाको असमायिक निधन भइसकेको छैन, विश्वासका आशाहरू जीवितै छन्। हरेक क्षेत्रमा यस्ता सीमित लम्फू÷हरिलठ्ठक (?) हरूले मौका पाए भने सहीसलामत काममा चौका हान्न सक्ने रहेछन् र हान्दा पनि रहेछन्।

लाग्छ, एउटा अहोभाग्यबाट हामी चुक्न पुग्यौँ। नदीनाला र सम्भावानाको खानीको बिगबिगी भएर पनि २४ घण्टा लोडसेडिङमा टहल्लिने मुलुक कुन हो? गिनिज बुकमा नाम लेखाउने अवसर देशले गुमायो। सामान्य ज्ञानका पानामा पढ्न पाइएन, जुन हाम्रो राम्रो पहिचान र नयाँ नेपालको तस्वीर थियो। नजिकै पुगेर पनि हामी पराजीत भयौँ। यति बलवान अन्धकार अकस्मात बिना जानकारी किन र कसरी गायब भयो? पानीको फोका जस्तो कता बिलायो? कसले अपहरण ग¥यो? जरो वा कारण नखोतली अब उज्यालो छिरिहाल्यो भनी मख्ख भएर मात्रै रमाउने कि दुम्सी बनाउने ती दयालु÷धर्मात्मा (?) अनि त्यसबाट मुक्त गराउने ती अर्का विधर्मी वा खलनायक (?) सँग हिसाबकिताब गर्ने? स्वाभाविक हो, दुःख भागेपछि त्यो ठाउँ कि रिक्त हुन्छ कि खुसीले पुर्ताल हुन्छ। उज्यालो आइहाल्यो, नाथे एकबारको जुनीमा लफडा गरी किन फोगटमा टाउको दुखाउने? यही मौन संस्कृतिको चास्नीको स्वादमा डुबी मात्रै रहने हो भने पुनः ती दिन नआउलान् वा कथा पुनरावृत्ति नहोलान् भन्न सकिन्नँ।

एक पटक अतीततिर फर्कौँ विशिष्ट, ऐतिहासिक, प्रगाढ सम्बन्ध भएको, बडेमानको प्रजातान्त्रिक छिमेकी मुलुक भुन्भुनियो। त्यसको पछाडि कुनै जम्बो कारण थिएन, नेपालले आफ्नो संविधान आफैँ, आफ्नै तालले को¥यो। उसलाई पुछेन वा भाउ दिएन। संविधान घोषणा कार्य अलि पछि धकेल भन्दा पनि उल्टो मुन्टो फर्कायो। विशेष दूतले विशेष तरिकाले थर्काउँदा पनि उससको कुरा घाममा सुकाइदियो। संविधान हाम्रो भए पनि कतिपय उसका विषय छिराएन भन्ने नै हो। संविधानलाई आफ्नै देशतिर ताकी तेर्स्याएर राखेको क्षेप्यास्त्र नै ठान्यो कि क्या हो! असल छिमेकीको नाताले गतिलो कोशेली टक्य्रायो नाकाबन्दी! भलै उसले 'यो तिमेरकै घरायसी कचमचको कारण जन्मिएको रोग हो। घरका कुरा मिलाओ, मलाई दोषको भारी नबोकाओ' जस्ता तर्कहरूको आविष्कार नगरेको होइन। त्यतिले उसको धित मरेन, गाउँघर र टाढाका छिमेकी चहार्दै पोल सुनाउँदै एकसाथ उभिएर संविधान लच्छिनको नभएको भनी संयुक्त विज्ञप्तिको खेतीपाती पनि गर्न पुग्यो। छिमेकीको यो उपहारबाट उच्च रक्तचापले शरीरका अन्य भागलाई घाइते वा थिलथिलो बनाएजस्तै हरेक क्षेत्रलाई अपाङ्गताको हैसियतमा पु¥याइदियो, जुन हुनु स्वाभाविक थियो र भयो त्यस्तै। त्यसबाट हाम्रो औकात पनि प्रकट हुने मौका पायो। न ग्याँस थियो, न पेट्रोल, न डिजेल, न मट्टितेल! बिजुलीका चिम माकुराको जालोमा कैद भइसकेका थिए। अस्पताल, त्यहाँ बिरामी, सुत्केरी आमा र नवशिशुहरू कुन दशामा थिए? निर्माण क्षेत्र अस्तव्यस्तको भुमरीमा थियो। दसैँ, तिहार, छठलगायतका चाडबाड पनि फुस्रा र सुख्खा बन्न पुगेका थिए। समग्रमा नारायण गोपालले गाएको गीत'झरेको पातझैँ भयो उजाड मेरो जिन्दगी÷निभेको दीपझैँ भयो उदास मेरो जिन्दगी'मा अनुवाद भएको थियो जनजीवन!

आज व्यवहारले भनेको छ— देशले केही सर्पलाई दूध पिलाएर पालेको रहेछ, जसलाई आज देशमा बत्ती बलेकोमा पीडा छ, छटपटी छ, औडाहा छ, जलन छ। तपाइँ÷हामीलाई दुम्सीबाट मुक्त गराएकोमा, सयौँ गर्भवती, आमा र नवनानीहरू बाँचेकोमा आफसोच छ।

यता हाम्रावालाको पराक्रम चानचुने थिएन। जनताको करमा राष्ट्रसेवकको पगरी गुथेर मस्तराम थिए विद्युत प्राधिकरणका केही खाइदेउहरू! प्रधानमन्त्री दुई वर्षभित्र लोडसेडिङ इतिहासमा मात्र पढ्न पाइने गीत सुनाइरहेका थिए। यता कार्यान्वयनको ठाउँ ओगटेर बसेका हसुरप्रसादको समूह तथ्याङ्कलाई मिथ्याङ्क बनाएर धमाधम पेश गर्दै थिए देश र जनताको यो पीरव्यथासँग परिचित हुँदाहुँदै पनि, हाम्रो बलबुता खर्चेर लाग्दालाग्दै पनि, मुटुमाथि ढुङ्गा राखेर भन्नुपरेको छ, यो जुनीमा नेपालीको भाग्यमा उज्यालो लेखिएको छैन, जताबाट जसरी भए पनि बन्ने दुम्सी नै हो। भएको कुलेखानी दिनानुदिन सुक्दै वा दुब्लाउँदै छ। बाँकी खोलानालाबाट ३३ गते अगाडि बिजुली बल्ला जस्तो छैन। त्यहीँमाथि नाकाबन्दी लम्पसार परेर तेर्सिएपछि चालु कामकारवाही पनि मुर्छित अवस्थामा पुगेका छन्।

यी र यस्ता सुशीलखुट्टे तर्क र तथ्याङ्कमा सिङ्गो जगतलाई अल्झाउँदै ती आफ्ना स्वार्थको गोडमेल र मलजल गरिरहेका थिए कुन कुनाबाट डिजेल प्लान्ट भित्र्याउने? कुन कम्पनी वा दलालको इन्भर्टर खरिद गर्ने, कति कमसल प्रकृतिको ट्रान्समिटर खरिद गर्ने अनि बिगार्ने, कताबाट बिलमा असल÷गुणस्तरीय सामान झिकाई कमसल सामग्री जोड्ने र सेवावापतको रकम भैँसीले कुँडो खाएझैँ झ्वाम् पार्ने? नक्कली सामानले सक्कली काम गर्न नसकेपछि पुनः झिकाउने अनि पुनः हसुर्ने! कुन दाताको विद्युत मिटर कताबाट घुमाउने? कति बत्ती कहिलेसम्म दिई धर्म कमाउने? अनि सेवावापत कति उपहार लिने? यस्तैयस्तैमा तिनको नैतिकता, बौद्धिकता, इमान्दारी, कार्यकुशलता, सेवाभाव वा क्षमता खर्च भइरहेको थियो।

केही समस्या थियो होला तर त्यही तिललाई पहाड बनाएर विषम घडीमा पनि जुन अमानवीयता र नर्करूपी बाटो मुलुक र मुलुकवासीको छातीमा विश्वासघातको छुरी रोप्नुसरह थियो। अब तपाईँ आफैँ नै फैसला सुनाउनुहोस् महाशय, तपाईँ राष्ट्रसेवक हुनुहुन्थ्यो कि अपराधी÷पापी, अधर्मी, दुष्ट? अस्पतालमा बिजुली नपाउँदा अकालमा निर्दोष आमा वा नानीहरूको ज्यान तलमाथि भएको दोष कसलाई लाग्छतपाइँ धर्मात्माहरूलाई कि ती आमा र नानीलाई? तपाईँ जस्ता सेवकहरू घरमा दूध पिलाएर मुसा तह लगाउन पालेका बिराला हुनुहुन्थ्यो कि गोमन?

आज व्यवहारले भनेको छ देशले केही सर्पलाई दूध पिलाएर पालेको रहेछ, जसलाई आज देशमा बत्ती बलेकोमा पीडा छ, छटपटी छ, औडाहा छ, जलन छ। तपाइँ÷हामीलाई दुम्सीबाट मुक्त गराएकोमा, सयौँ गर्भवती, आमा र नवनानीहरू बाँचेकोमा आफसोच छ। आफ्नो स्वार्थमा अर्काले जगत भलाइका लागि खोस्रन थालेपछि बर्बराहट आरम्भ भएको छ कुपुत्र कुपुत्रीहरूको नाम भटाभट पढ्न पाइएको छ। ती घोकन्तेहरू आफू सञ्जन अनि कुले दुर्जन भनी देखाउन तानाबानामा लागिरहेका छन्। संस्कृतमा एउटा भनाइ छदुर्जनका कुरा सधैँ आडम्बरले भरिएको हुन्छ। भयो यस्तै नै, 'म असल उही माने कमसल' भन्दै कहिले प्राधिकरण घेराउ, कहिले अदालत, कहिले के ...! एकपछि अर्का प्रयत्नहरूले हावा खाँदै जान थालेपछि ती युनियन र सङ्गठनको बाहुबलमा वा दलीय फेरो समाएर हाक्काहाक्की बुढानीलकण्ठ बाबाकोमा धाएर लम्पसार शैलीमा विलौना वाचन गरेको खबर पनि छ्यापछ्याप्ती सतहमा आएको छ। भित्रभित्रै अरू दैलाहरू पनि चहारेनन् कसरी भन्ने? तिनको वाचन यस्तो छ 'ख्वामित, मानेले डुबाउला जस्तो छ। खाने र खुवाउने गौँडाहरू भकाभक खोस्रेर प्वाल पार्न थालिसक्यो। दूधालु गाई हेर्दाहेर्दै थारो बनाइसक्यो। त्यति मात्र होइन, हामीहरूको यत्रो इज्जत, मान, इमान, जमान र प्रतिष्ठामाथि चोरको उपमा लाग्न थालिसक्यो। अहिले सरुवाको डण्डा चलाएर तितरवितर पार्ने जाल बिछ्याइएको छ।'

यति सान, मान र आरामको जिन्दगीलाई चिसो खोरमा जाक्ने प्रपञ्चको खेती थालनी भइसकेको छ। हजुरलाई मात्रै सुटुक्क यो विन्ती बिछ्याएको हो पूरै पोलका झ्यालढोकाहरू यसरी नै खुल्दै जान थाले हामीसँगै भने वर्तमानसँगै हजुर महाराजको पनि भविष्य त धरापमा पर्ला जस्तो छ! त्यसले घाम नअस्ताउँदै त्यस लठ्ठूलाई साइजमा नल्याउने हो भने हिजो उस्केको जिन्दगीको जहाज चुर्लुम्म डुब्ने निश्चित छ। त्यति मात्र होइन, यो सिङ्गो लोकतन्त्रमाथिको दनक हो। नयाँ नेपालसँग गाँसिएको इज्जतको सवाल पनि हो। बेलैमा यसको उपचार होस्, दुनियाँमा हाम्रो भन्नु अरू को नै छ र! जो निगाह प्रभु!' जस्ता विषालु भाषा ओकलिरहँदा 'तेरीमा मुलुकमाराहरू, धोकेवाजहरू, यस्तो घृणित पोखरीमा पौडन तिमेरलाई रत्तिभर अपसोच लागेन? अन्तरकुन्तर कतै पनि पीडाले पोलेन? के जिन्दगी गुजाराको लागि राष्ट्रले तनखा दिएको थिएन? आइन्दा यस्ता काइते विषय लिई आउने कष्ट नगर्नु, यस्ता दुष्टका लागि यी ढोका बन्द वा पूरै प्रवेश निषेध! अब जे भन्छ, कानुनले भन्छ, जे गर्छ, अदालतले गर्छ। यो राजनीतिलाई बिषाक्त बनाउने र जनताको हाँसो खोस्ने अधिकार तिमेरलाई छैन, खुरुक्क जताबाट आयौ, उतै मुन्ट!' भनी कुनै राजनीतिक नेतृत्वले तिनलाई पाठ पढाएको खबर सुन्न जगत लालायित छ, धाप मारेको होइन। सायद ती दिनहरू अलि टाढै होलान्।

ठीकै छ, भोलि कुलमान मिथ्या ठहरिए, वर्तमानको अनुमानमा छिद्रा परेछन् भने सकिएछ विकल्प हेरौँला, अन्यथा उनी ती जोगी पनि उही कान चिरेका रहेछन्। खरानी धसेर उल्याएछन् भनौँला। भाग्यमा यस्तै कोरेपछि आफैँ उस्तो भनी भनी पुर्पुरोमा हात लगाउँला!

अहिले पनि उज्यालोबाट तिल्मिलाएकाहरू मुर्कुटा तर्कहरू गरिरहेका छन् 'सबै पहिल्यै हामीले ठीकठाक पारेका थियौँ, कुलमानले आएर स्वीच थिच्यो, बत्ती बल्यो! हेरौँ, यो बिकाउ कति नै टिकाउ हुन्छ र? क्षणिक हो, कुलेखानी रित्तिएपछि उज्यालो सिद्धिहाल्छ अनि थाहा हुन्छ, कुलमान कि शूलमान!' छिमेकीको बुइले कति दिन काम बोक्ला र? हुवार्डकै शब्दमा भन्ने हो भने खराब व्यवस्थापन र भाग्यको बारेमा धेरै मानिस भ्रममा छन्। किन बत्ती बलेन हाम्ले के जानम्! भाग्य नै यस्तै होला,  विचराहरूको ल्याकत नपुगेको होला भनियो, आफैँले आफैँलाई थामथुम पारियो। दिनहुँपिच्छे लोडसेडिङ तालिका फेरीफेरी खल्तीमा बोकियो। एक घण्टा बढी बत्ती आउने कागजी तालिका देख्दा पनि मुसक्क मुस्कुराइयो। मध्यरातमा टोलमा हल्ला चल्यो, चोर आएछ भन्ने ठानी 'समातसमात' भन्दै बाहिर कुलेलम हानियो। पछि रहस्य चुहियो बत्ती आएको उपलक्ष्यमा हल्लीखल्ली मच्चाइएको रहेछ! सक्कली कथा यिनै हुन्। हिजो यो चित्र बाहिर आउन किन सकेन?

दुवैथरि गहन सोचाइमै थिए। कुलमानइतर सोच्थे कसरी भैँसीले कुँडो खाएझैँ प्राधिकरण झ्वाम पार्न सकिन्छ? अनि कुलमानचाहिँ यी दुम्सी बनाइएका जनतालाई कसरी उज्यालो घरमा सार्न सकिन्छ? मूलभूत अन्तर यही थियो। मिल्काइएका ती भगवानले ठाउँ पाए। यो पूर्व र वर्तमान ऊर्जामन्त्री गोकर्ण विष्ट र जनार्दन शर्मासहित कर्तव्यनिष्ठ कर्मचारीहरूको इमान्दारीको करामत वा योगफल हो। जम्माजम्मी भएको चीजवस्तुलाई सहीसलामतका साथ व्यवस्थापन गरे, आफ्नो कर्तव्य निभाए, यही हाम्रा लागि चमत्कार बनिदियो।

केही गम्भीर सवालहरू छन्, जसको जवाफ खोजिएन वा मागिएन भने त्यो क्रूर नियति फेरि पनि नफिर्ला भन्न सकिन्न। बल्लतल्ल फिर्ता पाएको खुसी नलुट्ला भन्न सकिन्नँ। यस्ता प्याधा किन पाल्यौ र कहिलेसम्म पालिरहन्छौ? अब पश्चाताप गरी पापमुक्त गर्ने समय आएन र?  यदि होइन भने हामी भलाद्मी हौँ। ती अधर्मीसँग हाम्रो कुनै साइनो छैन भनी व्यावहारिक जवाफ आउन किन आइतबार? हिजो किन उत्खनन् भएन, यति गहन र सम्वेदनशील विषय? आजसम्म पनि किन खबरभित्रको खबर बाहिर आउन सकेको छैन? के पत्रकारिता भनेको दल वा नेताविशेषको फेरो समातेर लेखिने मुक्तक हो?  सायद सञ्चारजगत घोत्लिन्छ होला नै! किन मौन यात्रा रुचाउँछ, किन बिर्सन खोजिरहेछ नागरिक समाज, वौद्धिक तप्का अनि आमजनसमुदाय? सात खत माफ! कतै हामी यही बाटो त खनिरहेका छैनौँ?

यहाँ रोस फुकोले भनाइ स्मरणीय र सान्दर्भिक हुन आउँछ योग्यतालाई बुद्धिमानीपूर्वक काममा लगाएर नै प्रशंसा प्राप्त हुन्छ। भएको यति हो। अहिले पनि मलाई कुलमान उनको समूहले चिन्दैन। कुनै दिन भलकुसारी गरेको,  एक कप चिया वा एक छाक खान बोलाएको पनि होइन। मानवताको नाताबाहेक आमा र मामा, बाबा र काका कतैको साइनोले पनि छुँदैन होला तर पनि ती मेरा लागि पनि देउता भए किनकि प्याट्ट थिच्दा उज्यालो निस्कन्छ। ठीकै छ, भोलि कुलमान मिथ्या ठहरिए, वर्तमानको अनुमानमा छिद्रा परेछन् भने सकिएछ विकल्प हेरौँला, अन्यथा उनी ती जोगी पनि उही कान चिरेका रहेछन्। खरानी धसेर उल्याएछन् भनौँला। भाग्यमा यस्तै कोरेपछि आफैँ उस्तो भनी भनी पुर्पुरोमा हात लगाउँला!

अन्त्यमा,  गन्हाएकाहरूले जनताको सोचाइ नै बिषाक्त छ भनी बिष बमन गर्नु भन्दा मलाई अन्धकारबाट प्रकाश भएतिर लैजाऊ भन्ने उपनिषद्को यस मन्त्रमाथिका तस्वीरलाई मनन् गरी अगाडि बढ्नुमा कल्याण छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.