|

पर्वत : गण्डकी प्रदेशमा आइतबार १२५ जना कोरोना सङ्क्रमित थपिएका छन्। यो सँगै प्रदेशमा संक्रमितको कुल संख्या ११ हजार ६१ पुगेको छ।

स्वास्थ्य निर्देशनालयले जारी गरेका विभिन्न विज्ञप्तिहरूमा लाइफ केयर एन्ड डाइग्नोष्टिक प्रालि पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणको क्रममा उनीहरूमा सङ्क्रमणको पुष्टि भएको जानकारी दिइएको छ।

निर्देशनालयले जारी गरेको आइतबारको पहिलो विज्ञप्तिमा तीन जिल्लाका २१ जनामा सङ्क्रमणको पुष्टि गरिएको छ। उनीहरू कास्कीको पोखरा महानगरपालिकाका १९ जना, तनहुँको व्यास नगरपालिकाका एक जना र स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक जना हुन्‌।

​यस्तै, दोस्रो विज्ञप्तिमा तीन जिल्लाका ४९ जनामा सङ्क्रमण पुष्टि गरिएको छ। कास्कीको पोखरा महानगरपालिकाका ४६ जना, पर्वतको फलेवास नगरपालिकाका दुई जना र तनहुँको शुक्लागण्डकी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो।

निर्देशनालयले जारी गरेको तेस्रो विज्ञप्ति अनुसार दुई जिल्लाका सात जनामा सङ्क्रमण रहेको पुष्टि भएको छ। उनीहरूमध्ये कास्कीको पोखरा महानगर पालिकाका छ जना र स्याङ्जाको वालिङ नगरपालिकाका एक जना रहेका छन्।

चौथो विज्ञप्तिमा भने कास्कीको पोखरा महानगरपालिकाका मात्रै ३६ जनामा सङ्क्रमणको पुष्टि गरिएको छ। पाँचौं विज्ञप्तिमा बागलुङको ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका गरेर १२ जनामा सङ्क्रमणको पुष्टि गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.