|

हेटौंडा : नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति मुरारकाले हेटौंडामा जारी सडक विस्तार रोक्न नसके सांसददबाट राजिनामा दिन मकवानपुरका सांसदहरुलाई आग्रह गरेका छन्। व्यक्तिगत सम्पतिमा डोजर लगाउँदा समेत रोक्न पहल नगर्नु लज्जास्पद भन्दै अध्यक्ष मुरारकाले जनप्रतिनिधि भएपछि जनताक पीरमर्कामा साथ रहनुपर्ने बताए।

मकवानपुर उद्योग वाणिज्य संघको ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) समारोहमा बोल्दै अध्यक्ष मुरारकाले सडक विस्तार कार्यले मकवानपुरका उद्योगी व्यवसायी आतंकित भएको बताउँदै राज्यले जनतालाई सुकुम्बासी बनाउन नहुने बताए।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य तथा सांसद महालक्ष्मी उपाध्यय(डिना) ले राज्यले गरेको अत्याचारको डटेर सामान गर्ने बताइन्। राज्यले न्याय गर्नुपर्ने भन्दै उनले अन्यायमा पारिएकालाई उचित क्षतिपूर्ति र राहात दिनको लागि आग्रह समेत गरिन्।

कार्यक्रममा जिल्लाको आर्थिक सामाजिक विकासमा निजी क्षेत्रको भूमिकालाई उजागर गर्दै समाचार प्रकाशन प्रशारण गरेको भन्दै पत्रकारहरु हरि हुमागाईं, धर्मेन्द्र दाहाल, रुपेश दुलाल तथा सुवास विडारीलाई नगद १० हजार सहित प्रेमलाल श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ।

कार्यक्रममा सांसद गणेश थापा, मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुबेडी, मकवानपुरका राजनीतिक दलका प्रमुखहरु तथा विभिन्न संघसस्थाका प्रतिनिधिहरु सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.