|

काठमाडौं :  गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजमा १५ र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा १५ जनालाई कोरोना पुष्टि भएको हो।

क्षयरोग उपचार केन्द्र पोखरामा कास्की पोखरा महानगरपालिकाका १२, पर्वतका २ र तनहुँ आँबुखैरेनी ३ का १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

चितवन मेडिकल कलेजमा गोरखाका २, तनहुँका १, कास्की १ र नवलपरासी पूर्वका ११ जनामा कोरोना पुष्टि भएको छ।

यो सँगै गण्डकी प्रदेशमा थप ११ हजार ९१ जनामा कोरोना पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.