|

सल्यान : सामान्यतया शिक्षकको काम पढाउने मात्र मात्र भन्ने बुझिन्छ, विद्यार्थीहरुलाई शिक्षा दिने र सिकाउने काममा शिक्षकहरु धेरै व्‍यस्त हुने गर्दछन्, कतिले त पढेलेखेकाले काम गर्न हुन्न भन्ने मान्यतासमेत राख्दछन्।

तर, सल्यानका एक प्रधानाध्यापक भने विद्यार्थीलाई पढाउने मात्र होइन विद्यालयमै बट्टाई पालेर उदारणीय बनेका छन्। श्रमसँग जोडिए, श्रमको फल अवश्य मीठो हुन्छ भन्ने सोच राखेर शिक्षण पेसा मात्र नभएर उनले  बट्टाई  पालन सुरु गरेका हुन्।  उनले ४ सय  बट्टाई पालेका छन्।

विद्यार्थीलाई पढाइ र सिकाइ दुवै होस्

सल्यानको निराजन माध्यामिक विद्यालय ढोरचौरका प्रधानाध्यापक धर्मराज घर्ती, पेसाले शिक्षक भए पनि यिनले आफूलाई गरिखाने शिक्षक ठान्छन्, विद्यार्थीहरुलाई पढाई मात्र होइन, केही सिकाइ पनि होस् भनेर  बट्टाई पालन गरी रहेको उनको भनाइ छ।

धेरै अध्ययन र अनुसन्धान गरेपछि  रहरले २० वटा  बट्टाई पाल्न सुरु गरेका उनको घरमा  अहिले ४ सय भन्दा बढी बट्टाई छन्। प्रतिजोडी तीन सयका दरले बिक्री गर्दै आइरहेका घर्तीले मासिक १५ देखि २५ हजारसम्म आम्दानी गर्दै आइरहेका छन्।

सुरुमा बिक्री वितरणका लागि केही समस्या  भएपनि आजभोलि भने बजारीकरणको समस्या नरहेको उनको भनाइ छ।

खाली समयमा गफ दिएर बस्नुभन्दा केही सिकेर खाली समयलाई सदुपयोग गर्नु उचित ठानेर अहिले व्यावसायिक रुपमा बट्टाई  पालनलाई अगाडि बढाएको उनको भनाइ छ।​ बट्टार्ई मात्र होइन, उनले लोकल कुखरा, फाइटर जातका कुखुरा, टर्कीसमेत पालन गरेका छन्।

लामो समयसम्म विद्यालय नखुल्दा धेरै शिक्षकहरु फुर्सदिला भएको बेलामा यिनलाई भने फुर्सद नै छैन। पढे लेखेकाले काम गर्न हुन्न भन्ने सोचाइ त्यागेर खालि समयमा गफिएर बस्नु भन्दा केही गर्नुपर्छ भनेर सोचका साथ बट्टाई  पालनसँगै कुखुरा पालनमा लागेको घर्तीको भनाई छ। अहिले उनले बट्टाई दाना पानी दिने मात्र होइन, नयाँ-नयाँ प्रबिधिहरु पनि सिकिरहेका छन्। कोरोना संक्रमणलाई अवसरको रूपमा लिएको उनले बताए।

जहाँ श्रम गरिन्छ त्यहाँ विकास हुन्छ, अहिले कोरोना भाइरसका कारण धेरै मानिस बेरोजगार छन् भने जागिर गर्नेहरू फुर्सदिला छन् ती युवालाई कृषितर्फ आकर्षित गर्न यो पेसा पनि अंगालेको हुँ।

आफ्नै गाउँ, समाज र देशमा नै बसेर आफ्नै माटोमा पसिना बगाई आत्मनिर्भर हुने उनको लक्ष्य छ। विद्यालयलाई व्यवस्थित गर्दै नमुना विद्यालयको रुपमा आफू र विद्यालयसँगै विद्यार्थीहरूको उज्ज्वल भबिष्य निर्माण गरि परिचित हुने र योसँगै विद्यार्थीहरूलाई पनि  पशु, कृषिमा आफ्नो सरल जीवनयापन गर्न सिकाउने सोचमा रहेको उनले बताए। पढेलेखेका शिक्षित व्यक्तिले यो पेसामा लागेर अरूलाई उदाहरणको रूपमा देखाउन जरुरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.