|

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनलाई बधाई नदिनुको कारण खुलाएका छन्।

एक टेलिभिजन च्यानलसँग कुरा गर्दै पुटिनले अमेरिकी निर्वाचनमा भएको कानूनी लडाईंको फैसला नआउन्जेल बाइडनलाई औपचारिक रुपमा बधाई नदिने बताएका हुन्। तर बधाई दिन ढिला गर्दा रूस र अमेरिकाबीचको सम्बन्धमा कुनै असर नपर्ने उनको भनाई छ। 

अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा हालका राष्ट्रपति डोनाल्ड ट्रम्प बाइडनसँग पराजित भएका हुन्। तर, चुनावमा धाँधली भएको भन्दै ट्रम्पले अझैसम्म हार स्वीकार गरेका छैनन्। बरु कुनै प्रमाण नै पेश नगरीकन उनले अदालत गुहारेका छन्। 

हालका राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति पुटिनको प्रशंसा गर्ने गरेका छन्। यसअघि राष्ट्रपति चुनिँदा उनले रूससँग मद्दत लिएको आरोप लागेको थियो। 

अमेरिकासँग लामो समयदेखि टक्कर लिइरहेको रूस र महाशक्ति बन्ने दौडमा रहेको चीनले अझैसम्म बाइडेनलाई बधाई दिएका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.