|

काठमाडाैं : इन्डियन प्रिमियर लिग (आइपिएल) को यो १३औं संस्करण दुबईमा केही समयअघि सम्पन्न भयो। कोरोना कहरबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले देशबाहिर आयोजना गरेको यो प्रतियोगिता उसका लागि फाइदाजनक रह्यो। 

बोर्डका कोषाध्यक्ष अरुण धुमलले १३ औं सिजनमा बोर्डले करिब ४ हजार करोड भारतीय रुपैयाँ फाइदा गरेको बताएका छन्। त्यस्तै प्रतियोगितामा टिभी भ्युरसिप २०१९ को तुलनामा २५ प्रतिशत बढेको पनि जानकारी गराएका भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

बिनादर्शक सकियो प्रतियोगिता

आइपिएलको आयोजना २९ मार्चबाट भारतमा हुने कार्यतालिका थियो। तर कोरोनाका कारण प्रतियोगिता स्थगित हुन पुगेको थियो। टि–२० विश्वकप रद्द भएपछि बोर्डले १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म प्रतियोगिता युएईमा बिनादर्शक गर्ने निर्णय गरेको थियो। 

५३ दिन चलेको प्रतियोगितामा कुल ६० खेल आयोजना भए। यो प्रतियोगितामा खेलाडी र स्टाफसमेत गरी कुल १ हजार ८ सय जनाको सहभागिता रहेको थियो। कोरोना परीक्षणका लागि ३० हजार कोरोना टेस्ट भएको थियो।

ओपनिङ म्याचमा सर्वाधिक भ्युरसिप

धुमलले इन्डियन एक्सप्रेससँग अघिल्लो सिजनको तुलनामा खर्चमा पनि ३५ प्रतिशत कटौती भएको बताए। उनले ४ हजार करोड कमाइ भएको र २५ प्रतिशत भ्युअरसिप बढ्नु सकारात्मक भएको बताए।

उनले पहिला आइपिएलको चिन्ता गर्नेहरु पनि पछि खुसी देखिएका बताए। आइपिएलले खेलाडीहरुलाई एक वर्ष नोक्सान हुनबाट बचाएको पनि उनको भनाइ थियो। 

आइपिएलको १३औं सिजनको उपाधि ५ औं पटक मुम्बई इन्डियन्सले जितेको थियो। फाइनलमा दिल्ली पराजित भएको थियो। विजेता मुम्बईले २० करोड तथा उपविजेता दिल्लीले साढे १२ करोड प्राप्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.