उपत्यकामा सक्रिय संक्रमित ९ हजार ९ सय ४१
उपत्यकामा सक्रिय संक्रमित ९ हजार ९ सय ४१
काठमाडौं : उपत्यकामा मंगलबार थप ९ सय ४७ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा ६ सय ९२, भक्तपुरमा ६५ र ललितपुरमा १ सय ९० जनामा कोरोना संक्रमित थपिएका छन्। महिला ४ सय १० र पुरुष ५ सय ३७ छन्।
काठमाडौं जिल्लामा ७ हजार ७ सय ४४ सक्रिय संक्रमित छन्। ३ सय ३१ संक्रमितको मृत्यु, ७६ हजार ४ सय ४२ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ८४ हजार ५ सय १७ छन्।
भक्तपुरमा सक्रिय संक्रमित ६ सय ८ छन्। ६ हजार ८ सय ९३ कोरोना संक्रमणबाट मुक्त भएका, ८७ संक्रमितको मृत्यु र कुल संक्रमित ७ हजार ५ सय ८८ छन्।
त्यसैगरी, ललितपुरमा १ हजार ५ सय ८९ सक्रिय संक्रमित छन्। १० हजार ८ सय ९७ कोरोना संक्रमणबाट मुक्त, ९१ संक्रमितको मृत्यु र कुल संक्रमित १२ हजार ५ सय ७७ छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।